धनगढी- कैलालीमा यौन धन्दा गराउने होटल मालिक र दुई जना नाबालिका पक्राउ परेका छन् । जिल्लाको लम्की बसपार्कमा यौन धन्दा चलाएको अभियोगमा संज्याल होटलका सञ्चालक महेशप्रसाद जैसी र यौनजन्य क्रियाकलापमा संलग्न दुई जना बालिकालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
बालिकाहरूको उमेर १४ र १५ वर्ष रहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिए । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक खड्काका अनुसार उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । ती बालिकाहरू टीकापुर क्षेत्रकी रहेको खुलेको छ। उनका अनुसार पक्राउ परेकाहरूलाई म्याद थपका लागि सोमबार अदालत पठाइएको छ।













