• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज ०९, २०८३
☰
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ४ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ६. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ७. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ८. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ९. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • १०. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

डडेल्धुरामा बीचमै पढाइ छाड्ने बालबालिका धेरै

  •   बिहिबार, असार २८, २०८० मा प्रकाशित

डडेल्धुरा- डडेल्धुरामा रोजगारीका लागि बीचमै पढाइ छोड्ने बालबालिकाको सङ्ख्या धेरै रहेको छ । आर्थिक अवस्था कमजोर हुँदा उनीहरु पढाइलाई भन्दा रोजगारको खोजी गर्न बाध्य छन् । कतिपय बालबालिका सानै उमेरमा बिबाह गरिदिँदा पनि पढाइ छोड्न बाध्य छन् ।

भागेश्वर गाउँपालिकामा बीचमै पढाइ छाड्नेको सङ्ख्या अत्यधिक रहेको पाइएको छ । गुणस्तरीय शिक्षाको अभाव, प्राविधिक शिक्षाको कमी, आर्थिक अवस्थाका कारण रोजगारका लागि जानुपर्ने बाध्यता र बालविवाहले गर्दा शैक्षिक सत्रको बीचमा नै कक्षा छोड्ने छात्रछात्राको सङ्ख्या बढी रहेको भागेश्वर गाउँपालिकाले जनाएको छ । पढाइको बीचमा विद्यालय छोड्नेमा छात्रको सङ्ख्याभन्दा छात्रा बढी छन् । छात्र रोजगारका लागि जान्छन् भने छात्राको घरपरिवारले गरिबीका कारण चाँडै विवाह गरिदिन्छन् ।

यो समस्या भागेश्वरको मात्रै होइन । जिल्लाका अन्य पालिकामा पनि विद्यालय छाड्नेको अनुपात धेरै रहेको हुनसक्ने शिक्षा वकास तथा समन्वय एकाइ डडेल्धुराले जनाएको छ । पछिल्लो डाटा भने कार्यालयमा आउन समय लाग्ने भए पनि १ देखि १० सम्म विद्यालय छाड्ने बालबालिका बढी रहेको हुनसक्ने कार्यालयले जनाएको छ ।

स्थानीय तहले शिक्षाको गुणस्तर सुधारका लागि केही प्रयास गरिरहेका भए पनि स्वरोजगार हुने प्राविधिक शिक्षा भने लागू गर्न सकिरहेका छैनन् । परम्परागत शिक्षाका कारण अभिभावक तथा विद्यार्थीमा शिक्षा प्रणलीप्रति वितृष्णा जागिरहेको । गरिबीका कारण यस क्षेत्रका अभिभावकले छोराछोेरीलाई उच्च शिक्षामा लगानी गर्न सकिरहेका छैनन् ।

कतिपय स्थानीय तहका माध्यमिक विद्यालयमा कृषि, वन विज्ञान र ओभरसियरको पढाइ सुरु गरिएको भए पनि उच्च शिक्षाका लागि बाहिर जानुुपर्ने बाध्यता छ । जुन खेती किसानी गरी परिवार धानी रहेका बालबालिका अभिभावकका लागि असम्भव छ, अजयमेरु गाउँपालिका–१ का वडाध्यक्ष दत्तिसिंह भण्डारीले बताए । स्थानीयस्तरमै बालिबालिकाले उच्च शिक्षा हासिल गर्ने अवसर पाउनुपर्ने उनको भनाइ छ ।

भागेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीका अनुसार भागेश्वरमा अहिलेसम्म करिब ५।५ प्रतिशत बालबालिकाले बीचमा नै पढाइ छाड्ने गरेको जनाएका छन् । बत्तीस विद्यालय रहेको उक्त गाउँपालिकामा आठ वटा माध्यमिक विद्यालय छन् भने २४ वटा आधारभूत विद्यालय छन् । जसमा कक्षा १ देखि १० सम्म अध्ययन गर्ने बालबालिकामध्ये ५।५ प्रतिशतले बीचमा नै पढाइ छोड्ने गरेको खुल्न आएको छ ।

चालु शैक्षिक सत्रमा तीन हजार पाँच सय ५१ बालबालिका विद्यालयमा भर्ना भएका छन् । कक्षा १ देखि १० सम्म अध्ययनरत रहनुपर्ने करिब ५‍‍‍।५ ९साढे पाँच० प्रतिशत बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर छन् । उनीहरुमध्ये छात्राको सङ्ख्या अझ धेरै रहेको गाउँपालिकाका प्र्रमुख प्रशासकीय अधिकृत भारतीले बताए। बालविवाह र आर्थिक अवस्था कमजोरी नै मुख्य कारण रहेको उनको भनाइ छ ।

यस गाउँपालिकामा बर्सेनि करिब साढे पाँच प्रतिशत छात्रछात्रा विद्यालय छोड्ने गरेको शिक्षा शाखाले जनाएको छ । भने ११ र १२ मा अध्ययन गर्नेमध्ये कति बालबालिका विद्यालय छाड्छन् भन्ने सङ्ख्या यकिन नभएको भागेश्वर गाउँपालिका शिक्षा अधिकृत गणेशबहादुर पौडेलले बताए । कक्षा १ देखि १० सम्मका जम्मा भर्ना सङ्ख्यामध्ये करिब दुई सयले हरेक वर्ष विद्यालय छोड्ने गरेको जनाइएको छ ।

आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकाले विद्यालयबीचमा नै छोड्ने गर्दछन् । उनीहरु सानैमा रोजगारका लागि जाने र पढाइभन्दा ज्याला मजदुरी अर्थउपार्जनमा पढी केन्द्रित हुने भएकाले बीचमा नै पढाइ छाड्नुपर्ने बाध्यता रहन्छ । त्यसमा पनि छात्राको सङ्ख्या धेरै छ प्रमुख प्र्रशासकीय अधिकृत भारतीले बताए । दूरदराजका दुर्गमगाउँ, लक्षित समुदाय तथा परिवारका छोराछोरीको सानै उमेरमा हुने विवाह विद्यालय छोड्नुपर्ने मुख्य कारण हो ।

सामाजिक सञ्जालको दुरुपयोग, भारतसँग सीमा जोडिएको क्षेत्र भएकाले बीचमै पढाइ छोडी रोजगारका लागि तेतातिर भागेर पनि गइदिने हुँदा बीचमा नै पढाइ छोड्नेको सङ्ख्या धेरै भएको सरोकारवाला बताउँछन् । प्राथमिक तहमा बसाइँसराइ र माध्यमिकमा रोजगारी र बालविवाह नै विद्यालय छोड्ने काण रहेकोे सरोकारवालाको दाबी छ ।

गरिबीका कारण उच्च शिक्षा पढाउन नसक्ने मनोभावनाका कारण पनि सानै उमेरमा रोजगारका लागि बालबालिकालाई अन्यन्त्र पठाउने गरेको र घरपरिवारका अविभावक पनि रोजगारकै सिलसिलामा भारतमा हुनुले पनि बच्चा पढाइ छोडेर आमाबुबासँगै जाने गरेको स्थानीय अभिभावक रमेश लुुहारले बताए । विद्यालयमा पनि गुणस्तरीय पढाइ हुुँदैन, ठूलो भएर पनि रोजगारका लागि विदेशिनुपर्ने बाध्यता छ त्योभन्दा सानैदेखि काममा पठाए सीप पनि सिक्ने र तलब पनि राम्रो पाउने भएकाले बच्चालाई आफन्तसँग बाहिर पठाउने गरेको अभिभावक स्वीकार्छन् ।

छोरालाई रोजगारका लागि बाहिर पठाउने र छोरीलाई सानैमा विवाह गरिदिने प्रचलन अहिले पनि छ । छोरीहरु विवाह भइसकेपछि विद्यालय आउन लजाउने, पढाइमा ध्यान नदिने र घरपरिवारको जिम्मेवारी समाल्नुपर्ने कारणले बीचमा नै पढाइ छोडेर जाने शिक्षक बताउँछन् भने अन्य विद्यार्थीको पनि पढाइप्रतिको मनोबल घट्दै जाने र मनोसामाजिक बिचलनले गर्दा कक्षा छोड्नेको सङ्ख्या बढ्दै जाने गरेका शिक्षकको दाबी छ । कति विद्यार्थी परिवारिक समस्याका कारण विद्यालय छोड्छन् यकिन डाटा छैन तर धेरैजसो पढाइ छाडेर जाने बच्चा रोजगारीकै लागि विद्यालय छोड्ने गरेको स्थानीय शिक्षक चक्र महरले बताए ।

कानुनबमोजिम २० वर्षपछि मात्रै विवाह गर्नुपर्ने र अन्यथा बालविवाह ठहर गरी भएको बिहे पनि बदर हुने प्रावधान भए पनि दुर्गम गाउँमा भने १६ देखि १८ वर्षकै उमेरमा विवाह गर्ने चलन धेरै छ । उनीहरु ढिलो गरी विवाह दर्ता गर्न आउने भएकाले सङ्ख्या भने यकिन हुने गरेको छैन ।

शिक्षामा सुधार आउन नसके यो सङ्ख्या बढ्न सक्ने भन्दै गाउँपालिका चिन्तित रहेको छ । विद्यालय छोड्नको सङ्ख्या घटाउनका लागि यो शैक्षिक सत्रमा विद्यालय सुधार कार्यक्रमअन्तर्गत अभिभावकलाई शिक्षा कार्यक्रम अघि सारिएको छ भने मनोसामाजिक विचलन आउन नदिन विद्यार्थीलाई मनोसामाजिक विमर्श तालिम, ह्याप्पीनेश कक्षा सञ्चालन र प्राविधिक शिक्षामा जोड दिई विद्यार्थीको पढाइ गुणस्तरमा सुधार ल्याउन योेजना रहेको गाउँपालिका शिक्षा शाखा अधिकृत पौडेलले बताए ।

बीचमै विद्यालय छोेड्नेको सङ्ख्याका कारण शैक्षिक क्षतिसमेत बेहोर्नुपरेको हुँदा यसलाई रोक्न निरन्तर विद्यालय अनुगमन गर्नुका साथै बालविवाह निरुत्साहित पार्न छोरी शिक्षा कार्यक्रमलाई प्राथमिकतामा राखी छात्राहरुका लागि विशेष छात्रवृत्ति व्यवस्थासमेत गरिने योजना स्थानीय तहका रहेको जनाइएको छ । यसबारेमा समयमा सबैले लाग्नुपर्ने सरोकारवाला बताउँछन् । रासस

  • पढाइ छाड्ने
बिहिबार, असार २८, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप
भेस्पा लेजेन्ड्स स्कुटरको आधिकारिक सोरुम धनगढीमा
बजेटमा हुने बेथिति रोक्दै शीघ्र बजेट ल्याउने बिषयमा सर्वदलीय  सहमति
दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो
लामो दुरीका बस सेवा बन्द
सुदूरपश्चिममा लामो दूरीका बस सेवा बन्द

समाचार

सबै

कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

भेस्पा लेजेन्ड्स स्कुटरको आधिकारिक सोरुम धनगढीमा

बजेटमा हुने बेथिति रोक्दै शीघ्र बजेट ल्याउने बिषयमा सर्वदलीय  सहमति

दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो

कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

भेस्पा लेजेन्ड्स स्कुटरको आधिकारिक सोरुम धनगढीमा

बजेटमा हुने बेथिति रोक्दै शीघ्र बजेट ल्याउने बिषयमा सर्वदलीय  सहमति

दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ४ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ६.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.