डडेल्धुरा- डडेल्धुरामा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका–४ कुलेडीका गोविन्द बोहराकी आमाको खोलाले बगाउँदा मृत्यु भएको स्थानीयले बताएका छन्।
निरन्तर बर्षाका कारण आएको खहरेखोलाले बगाएर बिहिबार दिउँसो उनको मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान थालिरहेको प्रहरीले जनाएको छ। निरन्तरको वर्षाका कारण खोलामा पानीको सतह बढेको छ।













