• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज ०९, २०८३
☰
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ४ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ६. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ७. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ८. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ९. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • १०. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

बाढीले सताउन थालेपछि कैलालीका किसान धान फल्ने खेत बाँझै छाड्दै

  •   शुक्रबार, असार २९, २०८० मा प्रकाशित

धनगढी-  कैलालीको कैलारी गाउँपालिका– ७ बसन्ताका किसान सुन्दरप्रसाद चौधरीले पौने तीन बिघा खेतमध्ये डेढ बिघामा मात्र रोपाइँ गरेका छन् । बाँझै छाडेको बाँकी पनि खेत नै हो, धान फल्छ । तर, हरेक बर्खामा कटैनी खोलामा आउने बाढीले धानबाली बगाउनेरडुबानमा पार्ने भएकाले उनले आधा खेतमा मात्र रोपाइँ गरेका हुन् ।

कैलारी गाउँपालिका– ७ बसन्ताका किसान सुन्दरप्रसाद चौधरीले बाँझो राखेको खेत । कृषि ज्ञान केन्द्र कैलालीका अनुसार कैलालीमा ६९ हजार चार सय हेक्टरमा बर्खे धानखेती हुन्छ ।

तर, त्यसमध्ये पाँच सय हेक्टर खेतको धानमा हरेक वर्ष बर्खामा आउने बाढीले क्षति गर्छ । ‘बाढी आए करिब पाँच सय हेक्टरमा ८० प्रतिशतसम्म क्षति हुन्छ,’ कृषि ज्ञान केन्द्र प्रमुख प्रमुख खगेन्द्रप्रसाद शर्माले भने, ‘त्यसमध्ये केही क्षेत्रमा किसानले रोपाइँ गर्छन्, केही बाँझै छोड्छन् ।’

‘खोलामा हरेक वर्ष आउने बाढीले १०–१२ कट्ठामा पटान (बालुवा भरिएको) छ,’ चौधरीले भने, ‘रोपेको डेढ बिघाको धान पनि भित्र्याउन पाइन्छ कि पाइँदैन, ठेगान छैन । बाढी नआए भित्र्याउन पाइएला, बढी बाढी आए धान नष्ट गरिदिन्छ, मिहिनेत र लगानी खेर जान्छ ।’ बाढीले नष्ट गरिदिएकाले अघिल्लो वर्षको बर्खे सिजनमा रोपेको धान चौधरीले भित्र्याउन पाएनन् । बर्सेनि बाढी लाग्ने भएकाले करिब डेढ बिघा जमिन बाँझो छोड्ने गरेको उनले बताए ।

बसन्ता गाउँकै जितेन्द्र रानाले पनि तीन बिघामध्ये आधा बिघा जमिन बाँझै छाडेका छन् । ‘खहरे घुराहा खोला उर्लेर आउँछ, अहिले बाँझो छाडेको खेतमा हिउँदमा गहुँ भने लगाउँछु,’ उनले भने । बाँकी खेतमा पनि रोपाइँ सकेदेखि नै बाढी आउला कि भन्ने चिन्ता लाग्न थालेको उनले बताए । ‘धानबाली कहिले भित्र्याउन पाइन्छ, कहिले पाइँदैन,’ जितेन्द्रले भने, ‘बाढीबाट जोगिएला कि भन्ने आसले लगाउन भने छोड्दैनौँ ।’

कैलालीको भजनी र टीकापुर नगरपालिका तथा कैलारी गाउँपालिका बर्खामा बाढीबाट अत्यधिक प्रभावित हुन्छन् । नदी, खोलामा उर्लेर बाढी आउँदा बस्तीहरू डुबानमा पर्नुका साथै धानबालीमा ठूलो क्षति हुने गरेको छ । बाढीले नष्ट गर्ने भएकाले किसानहरू बर्खामा बाली भित्र्याउन नपाइला कि भन्ने चिन्तामा हुन्छन् । अत्यधिक बाढी लाग्ने ठाउँमा कतिपयले रोप्दैनन् ।

यो समस्या कैलालीको दक्षिण–पूर्वी क्षेत्रमा पर्ने भजनी र टीकापुर नगरपालिका क्षेत्रमा अझ बढी छ । भजनी– ३ कुसुमघाटका रमेश बोहराले दुई बिघामध्ये डेढ बिघा खेत बर्खामा बाँझै छोड्छन् । कान्द्रा नदीमा हरेक वर्ष आउने बाढीले धान नष्ट गर्न थालेपछि दुई वर्षयता आधा खेत बाँझै छाड्न थालेको उनले सुनाए ।

‘आधा बिघामा रोपाइँ गरे । त्यो पनि बाढीबाट जोगिँदैन होला,’ बोहराले भने, ‘रोपेको धान बाढीले नष्ट गरिदिन्छ, त्यसैले जमिन बाँझै छोड्छौँ । हिउँदमा गहुँ लगाउने र चामल किनेर खानुपर्ने बाध्यता छ ।’ यस क्षेत्रमा कान्द्रा नदीको बाढी र कटानले नदी खेतनजिक पुगेको छ भने नदीको सतह पनि माथि उठेकाले डुबान बढेको छ ।

भजनीकै लालबोझीका किसान सन्तराम चौधरीले ठूलो बाढी आउँदा धानबालीमा क्षति हुने गरेको बताए । बाढीले पटान गर्ने र धेरै दिनसम्म खेतमा पानी जमेर धान नष्ट हुने गरेको उनले बताए । ‘बाढी आउँदा बाली नष्ट गरिदिन्छ, मिहिनेत सबै खेर जान्छ,’ उनले भने, ‘नदी, खोलाहरूमा ठूलाठूला ड्याम र तटबन्ध बनाउन सकेको भए यो समस्या केही कम हुन्थ्यो ।’

भजनी नगरपालिकाका मेयर केवल चौधरीले बाढीबाट वडा नम्बर ३, ५ र ८ सबैभन्दा बढी प्रभावित हुने गरेको बताए । ‘बाढी आएको वर्ष धानबालीमा धेरै क्षति हुन्छ । डुबानले धेरै परिवार विस्थापित पनि हुन्छन्,’ नगर प्रमुख चौधरीले भने ।

नदी कटान र बाढी नियन्त्रणका लागि तटबन्धका ठूला योजना आवश्यक रहेको उल्लेख गर्दै उनले नगरपालिकाबाट त्यो सम्भव नभएको बताए । केही ठाउँमा निर्माण गरिएका जैविक तटबन्धले कटान नियन्त्रणमा सहयोग पुगेको चौधरीले बताए ।

कृषि ज्ञान केन्द्र कैलालीका अनुसार कैलालीमा ६९ हजार चार सय हेक्टरमा बर्खे धानखेती हुन्छ । तर, त्यसमध्ये पाँच सय हेक्टर खेतको धानमा हरेक वर्ष बर्खामा आउने बाढीले क्षति गर्छ । ‘बाढी आए करिब पाँच सय हेक्टरमा ८० प्रतिशतसम्म क्षति हुन्छ,’ कृषि ज्ञान केन्द्र प्रमुख प्रमुख खगेन्द्रप्रसाद शर्माले भने, ‘त्यसमध्ये केही क्षेत्रमा किसानले रोपाइँ गर्छन्, केही बाँझै छोड्छन् ।’

बाढी नआएको वर्ष भने त्यस्तो खेतमा उत्पादन राम्रो हुने गर्छ । बाढीले धान भित्र्याउन नपाएपछि भजनीका किसानले पछिल्लो समय चैतेधान पनि लगाउने गरेका छन् । तर, सिँचाइको अभावले बाढी प्रभावित सबै क्षेत्रमा चैतेधान लगाइँदैन । नयाँपत्रिकाबाट

  • धान फल्ने खेत
शुक्रबार, असार २९, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप
भेस्पा लेजेन्ड्स स्कुटरको आधिकारिक सोरुम धनगढीमा
बजेटमा हुने बेथिति रोक्दै शीघ्र बजेट ल्याउने बिषयमा सर्वदलीय  सहमति
दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो
लामो दुरीका बस सेवा बन्द
सुदूरपश्चिममा लामो दूरीका बस सेवा बन्द

समाचार

सबै

कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

भेस्पा लेजेन्ड्स स्कुटरको आधिकारिक सोरुम धनगढीमा

बजेटमा हुने बेथिति रोक्दै शीघ्र बजेट ल्याउने बिषयमा सर्वदलीय  सहमति

दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो

कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

भेस्पा लेजेन्ड्स स्कुटरको आधिकारिक सोरुम धनगढीमा

बजेटमा हुने बेथिति रोक्दै शीघ्र बजेट ल्याउने बिषयमा सर्वदलीय  सहमति

दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ४ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ६.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.