• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज ०९, २०८३
☰
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ४ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ६. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ७. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ८. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ९. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • १०. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

नक्कली डाक्टर बनेर मेडिकल क्षेत्रकी युवतीबाट १ करोड ठगी

  •   सोमबार, साउन ०१, २०८० मा प्रकाशित

काठमाडौं– नक्कली डाक्टर र डीएसपी बनेर ठगी धन्दा चलाउँदै आएका युवाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ। नक्कली डाक्टर र डीएसपी बनेर ठगी गर्ने कन्चनपुर घर भएका बलराम भनेर चिनिने २७ वर्षीय मातृका प्रसाद जैसीविरुद्ध ठगी मुद्दा दायर भएको हो।

विभिन्न युवायुवतीहरुबाट उनले एक करोड ७ लाख ३८ हजार रुपैयाँ ठगी गरेको भन्दै सोही अनुसार बिगो कायम गर्दै अदालतमा मुद्दा दायर भएको छ। जैसीलाई ठगी आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गत असार ७ गते पक्राउ गरेको थियो।

उनले ललितपुरमा क्लिनिक सञ्चालन गर्ने एक युवतीलाई नक्कली डाक्टर बनेर ठगी गरेका थिए। आफू वीर अस्पतालको १२ औं तहको डाक्टर भएको बताउँदै एप्रोन लगाएर युवतीसँग भीडीयो कलमा कुराकानी गरेर विश्वास दिलाउने गरेका थिए।

‘तिमी एकदमै मन पर्‍यो। प्रेम गरौं। विवाह गरौं’ भन्दै ती युवतीलाई झुक्याएर नक्कली डाक्टर जैसीले प्रेम समेत गरेका थिए। उनीहरुबीच विवाह हुने समेत कुराकानी भइसकेको थियो। यसैबीच ती युवतीलाई नक्कली डाक्टरले कौशलटारस्थित आफ्नो कोठामा लैजाने पनि गरेका थिए।

प्रेम सम्बन्धमा रहेको केही समयपछि आफूलाई केही रकम चाहिएको भन्दै पटक पटक गरेर ४० लाख रुपैयाँ ती युवतीबाट नक्कली डाक्टर जैसीले लिएका थिए। उनले मिटरब्याजमा रकम लिएर व्यवसाय गरेकाले तिर्नुपर्‍यो भन्दै रकम मागेपछि पटक पटक गरेर ती युवतीले जैसीलाई ४० लाख रुपैयाँ दिएकी थिइन्।

पैसा पाएपछि पनि उनीसँग फोटो भीडीयो खिच्ने, शारीरिक मानसिक यातना दिन थालेपछि जैसीको बारेमा सोधपुछ गर्दा उनी नक्कली डाक्टर भएको ती युवतीले थाहा पाएकी थिइन्। आफूले भनेको नमाने आत्महत्या गरी मरिदिन्छु भन्दै युवतीलाई ब्ल्याकमेलिङ समेत गर्न थालेपछि उनले प्रहरीमा जाहेरी दिएकी थिइन्। त्यसपछि नक्कली डाक्टर जैसी पक्राउ परेका थिए।

जैसी पक्राउ परेको जानकारी पाएपछि उनीबाट ठगिएको भन्दै प्रहरीमा थप पीडित पुगेका थिए। ती युवतीलाई जैसीसँगै अर्का युवक जगदीश बमलाई समेत उनले यसैगरी ठगी गरेका थिए। बमलाई जैसीले आफू वीरको ११ औं तहको डाक्टर भएको र नर्भिकसँगै अरु अस्पतालमा पनि गाइनोसम्बन्धी काम गर्छु भन्दै विश्वासमा पारेका थिए।

सानो उमेरमै मेहनत गरेकाले सहसचिव भएको र अब चाँडै नै स्वास्थ्य मन्त्रालयको सचिव हुन्छु समेत भनेर नक्कली परिचय दिएर विश्वासमा पार्ने काम गरेका थिए। बंगलादेशबाट एमबीबीएस र एमडी गरेको गाइनो स्पेसलिष्ट भन्दै उनले ठगेको पाइएको छ। सापट भन्दै पटक पटक गरेर २ लाख रुपैयाँ लिएर ठगी गरेको पाइएको छ।

अर्की एक युवती शान्ति श्रेष्ठलाई पनि जैसीले यसैगरी ठगी गरेको पाइएको छ। शान्तिलाई जैसीले आफू झापामा औषधि फ्याक्ट्री चलाउने व्यक्ति भएको र डाक्टर समेत भएको भन्दै नक्कली परिचय पत्र समेत देखाएर ठगी गरेको पाइएको छ। शान्तिबाट जैसीले ५७ लाख ७ हजार रुपैयाँ ठगी गरेका थिए। उक्त रकम जैसीले आफ्नोसँगै पुण्यप्रसाद जैसीको खातामा हालिदिएका थिए।

अनिल श्रेष्ठ नाम गरेका व्यक्तिलाई पनि जैसीले वीर अस्पतालको डाक्टर भन्दै ठगी गरेको पाइएको छ। बेतलबी बिदामा बसेकाले तलब नआएको र स्वास्थ्य सामाग्री खरिद गर्न रकम चाहिने बताएका थिए। जैसीले आफू चित्रकला एक्सपोर्ट इम्पोर्ट कम्पनी प्रालिको सञ्चालक तथा शेयर धनी समेत भएकाले कम्पनी सञ्चालनका लागि कोठा चाहिने भन्दै अनिलसँग मासिक साढे ३१ हजार रुपौयँ दरले ४ वटा कोठा जैसीले भाडामा लिएका थिए।

तर दुई वर्षसम्म बस्दा समेत १ रुपैयाँ पनि कोठाभाडा नदिई ५ लाख ३५ हजार ५ सय रुपैयाँ बराबर ठगी गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सीताराम रिजालले जानकारी दिए। अर्का हरिश बहादुर चन्द नाम गरेका व्यक्तिलाई पनि जैसीले आफू वीर अस्पतालको १२ औं तहको डाक्टर भन्दै ठगी गरेको खुलेको छ। हरिशबाट २ लाख ५३ हजार ६ सय १५ रुपैयाँ ठगी गरेका थिए।

अर्का अमरबहादुर बिष्टलाई भने उनले डीएसपी नक्कली डीएसपीको परिचय दिँदै ठगी गरेको खुलेको छ। प्रहरी हवल्दारबाट अवकाश लिई बसेका बिष्ट पठाओ राइडर बनेका थिए। पठाओ चलाउने क्रममा बिष्टले उनलाई कौशलटारबाट महाराजगञ्ज पुर्‍याएका थिए। सोही क्रममा उनीहरुबीच चिनजान भएको थियो। त्यतिबेला बिष्टलाई जैसीले आफू नेपाल प्रहरी अस्पतालको डाक्टर ९प्रहरी निरीक्षक० भएको बताएका थिए।

केही समयपछि जैसीले अमरलाई फोन गरी आफू डीएसपीमा बढुवा भएको जानकारी समेत गराएका थिए। पछि बैंकको किस्ता तिर्नका लागि २५ हजार ९३० रुपैयाँ चाहिने भन्दै खातामा हाल्न लगाएका ठगी गरेको खुलेको छ।
यसरी ठगी गरेको पैसाले उनले ४० लाख रुपैयाँ हालेर बागमती प्रदेश ०२७ च २८८४ नम्बरको गाडी किनेर समेत चढेर हिँड्थे।

यसरी जैसीले ६ जनाबाट १ करोड रुपैयाँ भन्दा बढी ठगी गरेको पाइएको छ। यो ठगी प्रकरणमा जैसीसँगै बिरबल तामाङ र पुण्यप्रसाद जैसी समेत संलग्नता भएको भन्दै उनीहरुलाई पनि प्रतिवादी बनाइएको छ। उनीहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा २४९ को उपदफा ९१० र उपदफा ९२० बमोजिमको कसुरमा मुद्दा दर्ता गरिएको छ।

अहिले ठगी आरोपमा मुद्दा चलेका जैसी यसअघि भने दुई प्रेमिकालाई आत्महत्या गराएको आरोपमा ६ वर्ष जेल बसेका व्यक्ति भएको खुलेको छ। यसअघि २०७० सालमा कैलालीको धनगढीमा कलेज पढ्दा जैसीसँग एकसाथ दुई प्रेमिका थिए। दुई जनासँगको प्रेमबारे एक–अर्का प्रेमिकाले थाहा पाएपछि विवादको चरम रुप लियो। त्यसपछि जैसीले आइडिया निकाले– ‘तीनै जना सँगै विष पिएर आम्हत्या गरौं।’

उनले दुई जनै प्रेमिकालाई विष सेवन गराए। तर आफूले भने नक्कली विष पिए र बाँचे भने दुई प्रेमिकाको विष सेवनबाट मृत्यु भयो। उक्त घटनामा जैसी ६ वर्ष जेल बसेर छुटेका व्यक्ति भएको परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले बताए।

  • नक्कली डाक्टर
सोमबार, साउन ०१, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप
भेस्पा लेजेन्ड्स स्कुटरको आधिकारिक सोरुम धनगढीमा
बजेटमा हुने बेथिति रोक्दै शीघ्र बजेट ल्याउने बिषयमा सर्वदलीय  सहमति
दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो
लामो दुरीका बस सेवा बन्द
सुदूरपश्चिममा लामो दूरीका बस सेवा बन्द

समाचार

सबै

कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

भेस्पा लेजेन्ड्स स्कुटरको आधिकारिक सोरुम धनगढीमा

बजेटमा हुने बेथिति रोक्दै शीघ्र बजेट ल्याउने बिषयमा सर्वदलीय  सहमति

दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो

कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

भेस्पा लेजेन्ड्स स्कुटरको आधिकारिक सोरुम धनगढीमा

बजेटमा हुने बेथिति रोक्दै शीघ्र बजेट ल्याउने बिषयमा सर्वदलीय  सहमति

दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ४ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ६.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.