• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज ०९, २०८३
☰
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ४ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ६. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ७. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ८. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ९. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • १०. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

साढे पाँच वर्षसम्म बनेन सेती प्रादेशिक अस्पतालको भवन, अधुरै भवनबाट ओपिडी सेवा

  •   मङ्गलबार, साउन ०२, २०८० मा प्रकाशित

धनगढी- सम्झौताअनुसार साढे दुई वर्षमा बन्नुपर्ने सेती प्रादेशिक अस्पतालको भवन साढे पाँच वर्षभन्दा बढी समय बित्दासम्म अधुरै छ । निर्माण कम्पनीको लापरबाहीले लामो समयसम्म भवनको काम अलपत्र पर्दा अस्पताललाई भने भवन अभावले सेवा प्रवाहमा समस्या भइरहेको छ । भवन अभाव भएपछि अस्पतालले अधुरो भवनका केही कोठाबाट ओेपिडी सेवा सुरु गरेको छ ।

भवन निर्माणका लागि पाँचौँपटक थप गरिएको अवधि गत २५ असारमा सकिएको छ, तर काम सकिएको छैन । अझै करिब १५ प्रतिशत काम बाँकी रहेको संघीय आयोजना कार्यान्वयन एकाइ धनगढीले जनाएको छ । १८ करोड ७४ लाख २८ हजारको लागतमा दुईतले भवन निर्माण गर्न रबिना–थेगिन जेभीसँग २८ कात्तिक ०७४ मा सम्झौता भएको थियो । सम्झौताअनुसार २७ वैशाख ०७७ मै भवन निर्माणको काम सम्पन्न हुनुपर्ने हो ।

झ्याल, ढोका लगाउने, टायल बिच्छ्याउने, रङरोगन गर्ने, शौचालय बनाउने, बिजुलीबत्ती जडान गर्नेलगायत ‘फिनिसिङ’का काम बाँकी रहेका संघीय आयोजना कार्यान्वयन एकाइ धनगढीका सूचना अधिकारी सौरभ कलौनीले बताए । अहिले पनि निर्माण कम्पनीले काममा तदारुकता नदेखाएको उनले बताए ।

‘निर्माण कम्पनीले काम नगर्दा ढिलो भएको हो । बीचमा थोरै समय विद्युतीकरणको डिजाइन परिवर्तनबाहेक ढिलो हुनुपर्ने अरू कारण थिएन ।’ उनले भने, ‘पाँचपटक म्याद थप्दा पनि काम सकिएन । अब समयमै काम पूरा नगरेबाफत ठेकेदारले दैनिक जरिवाना तिरेर काम गर्नुपर्छ ।’ ठेक्का रकमको ०.०५ प्रतिशत दैनिक जरिवाना तोकिएको र छ महिनासम्म त्यसरी पनि काम पूरा नगरे ठेक्का तोडिने उनले बताए ।

भवनमा विद्युतीकरणको डिजाइन परिवर्तन र निर्माण अवधि लम्बिँदा भवनको लागत २१ करोड रुपैयाँ पुगेको छ । तत्कालीन सेती अञ्चल अस्पतालको सेवा विस्तारका लागि सरकारले भवन निर्माणको योजना ल्याएका थियो । सेती अहिले प्रदेशमातहत छ ।

भवनको अभाव भएपछि अस्पतालले अधुरो भवनबाटै ओपिडी सेवा सुरु गरेको छ । केही कोठामा निर्माण कम्पनीले रङरोगनसँगै मार्बल लगाएपछि अस्पतालले हालै ओपिडी सुरु गरेको हो । यसअघि ओपिडी सञ्चालन गर्दै आएको भवन सडकको क्षेत्राधिकारभित्र परेपछि धनगढीको सडक विस्तारका क्रममा भत्काउनु परेकाले अधुरो भवनबाटै सेवा सुरु गरिएको अस्पतालका प्रवक्ता वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमरले बताए ।

‘हस्तान्तरण नहुँदै भवन प्रयोग गर्न नहुने हो, तर अस्पतालका दुवै भवनमा ठाउँ नभएपछि अधुरो भवनबाट केही सेवा सुरु गर्नुपरेको हो ।’ उनले भने, ‘त्यहाँ पानी छैन, शौचालय छैन । तैपनि सेवा सुरु गरेका छौँ ।’ अस्पतालका दुईवटा भवनमा मेडिकल र सर्जिकल वार्ड सञ्चालन भइरहेका छन् । डायलाइसिस र आइसियूका लागि पनि ठाउँ साँघुरो भएको डा.कमरले बताए ।

‘६–७ वर्ष भइसक्यो, भवन बनेको छैन । भवन अभावले सेवा प्रवाहमा समस्या भइसक्यो ।’ उनले भने, ‘भवन हस्तान्तरण भए आइसियू र डायलाइसिस वार्ड पनि त्यहाँ राख्न सकिन्थ्यो ।’ हस्तान्तरण भए एमआरआई मेसिन पनि नयाँ भवनमा राखिने अस्पतालले जनाएको छ । प्रदेशको रिफरल अस्पतालका रूपमा रहेको सेतीमा सुदूरपश्चिमका पहाडी जिल्लाबाट पनि दैनिक सयौँ बिरामी उपचारका लागि पुग्ने गर्छन् । नयाँपत्रिकाबाट

 

  • ओपिडी सेवा
मङ्गलबार, साउन ०२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप
भेस्पा लेजेन्ड्स स्कुटरको आधिकारिक सोरुम धनगढीमा
बजेटमा हुने बेथिति रोक्दै शीघ्र बजेट ल्याउने बिषयमा सर्वदलीय  सहमति
दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो
लामो दुरीका बस सेवा बन्द
सुदूरपश्चिममा लामो दूरीका बस सेवा बन्द

समाचार

सबै

कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

भेस्पा लेजेन्ड्स स्कुटरको आधिकारिक सोरुम धनगढीमा

बजेटमा हुने बेथिति रोक्दै शीघ्र बजेट ल्याउने बिषयमा सर्वदलीय  सहमति

दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो

कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

भेस्पा लेजेन्ड्स स्कुटरको आधिकारिक सोरुम धनगढीमा

बजेटमा हुने बेथिति रोक्दै शीघ्र बजेट ल्याउने बिषयमा सर्वदलीय  सहमति

दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ४ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ६.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.