• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

एमालेबाट निर्वाचित वडाध्यक्षको नेतृत्वमा रहेको सहकारी संस्थाको कर्तुत

  •   बिहिबार, साउन ०४, २०८० मा प्रकाशित

महेन्द्रनगर- कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ७ स्थित बाबाथान की कमला उपाध्यायको विवाह भएको अहिले १८ वर्ष पूरा भयो । विवाह पश्चात घरबार चलाउन उपाध्याय दम्पत्तिले स्थानीय बाबाथान बजारमा व्यपार व्यवसाय गर्ने योजना बनाए ।

योजना अनुसार कमलाले ब्युटि पार्लर र उनका श्रीमान सन्दीप उपाध्यायले मोवाइल पसल संञ्चालनमा ल्याए । सिमित लगानीमा शुरु गरेको उक्त व्यवसाय ऋण कर्जा लिएर व्यवसाय बढाउने उपाध्याय दम्पत्तिले निर्णय गरे । सोही अनुसार व्यवसायबाट आम्दानी भएको रकम दैनिक बचत गरिरहेको स्थानीय बजारमै संञ्चलित सगरमाथा बचत तथा ऋण सहकारी संस्थाबाट ऋण लिने प्रक्रियामा उपाध्यायको दम्पत्ति लाग्यो ।

आफ्नो बाबाथानस्थित आधा कट्टा र बजारभन्दा अलि अगाडी रहेको ८ कट्टा बढी जमिन धितो राखेर २०७१ सालमा उपाध्याय दम्पत्तिले सगरमाथा सहकारीबाट २ लाख रुपैया ऋण लिए र व्यवासाय बढाउन लगानी गरे । उपाध्याय दम्पतीले उक्त सहकारी बाट लिएको २ लाख ऋणको सावाँ व्याजसहित सम्पूर्ण रकम २०७६ साल सम्ममा चुक्ता गरे । यद्यपी उनीहरूले  धितो राखेको जग्गाको लालपुर्जा भने अहिलेसम्म पाएका छैनन् ।

‘मैले १५ सय रुपैया लगानीमा यो ब्युटि पार्लर व्यवसाय शुरु गरेकी हु ।’ कमलाले भनिन् ‘ऋण लिएर व्यवसाय बढाउनु प¥यो भनेर हामीले दैनिक बचत गरिरहेको सगरमाथा सहकारीबाट २ लाख रुपैया ऋण लियौँ ।’ उनले अगाडी भनिन् ‘हामीले त्यो ऋणको सावाँ, व्याजसहित सम्पूर्ण रकम २०७६ सालमै सहकारीलाई चुक्ता गरिसकेका थियौँ । तर सहकारीले हामीलाई अहिले सम्म हाम्रो धितो राखेको लालपूर्जा दिएको छैन ।’

पटक–पटक आफ्नो लालपूर्जा माग्दापनि सहकारीका अध्यक्ष सहित संञ्चालक समितिले वेवास्था गरिरहेको उनले बताइन् । ‘हामीले सहकारीको रकम चुक्ता गरिसकेपछि पटक–पटक धितो राखेको लालपूर्जा फिर्ता गर्न आग्रह गर्दा सहकारीका अध्यक्ष लगाएत संञ्चालक समितिका सदस्यहरुले वेवास्था गरिरहेका छन् ।’ उनले भनिन् ‘उल्टा सहकारी संस्थाका संञ्चालक समितिका सदस्यले हामीलाई थर्काउने गरेका छन् ।’

ऋण चुक्ता गर्दापनि लालपूर्जा नपाउँदा समस्या भएको उनले बताइन् । ‘भएको सम्पती धितो राखेर त्यो ऋण निकालेर व्यवसाय बढाउन लगानी गरे ।’ उनले भनिन्, ‘समयमै ऋण चुक्ता गर्दापनि आफ्नो लालपूर्जा नपाउँदा धेरै समस्या भएको छ ।’ उनले अगाडी भनिन् ‘त्यही जग्गा पुनः धितो राखेर छोरी पढाउन पर्ने योजना हाम्रो छ तर के गर्ने हातमा सहकारीको ऋणको चुक्ता प्रमाण छ, लालपूर्जा भने सहकारीको कब्जामा छ ।’

स्थानीय गगन सुनारलेपनि आफ्नो लालपूर्जा अहिले सम्म पाएका छैनन् । सहकारीका अध्यक्ष ज्ञानेन्द्र वहेक क्षेत्रीले आफुलाई समस्या परेको भन्दै केही महिनाका लागी लालपूर्जा सहयोग गर्न आग्रह गरेपछि सहयोग गरेको लालपूर्जा अहिले सम्म फिर्ता नपाएको सुनारले बताए । ‘सहकारीका अध्यक्ष (भतिज) ले मलाई अहिले समस्या परेको छ । ३÷४ महिनाका लागी तपाईको लालपूर्जा दिएर सहयोग गर्नु भनेपछि मैलेपनि निस्वार्थ ८ कट्टा जग्गाको लालपूर्जा दिए ।’

उनले भने ‘तर खै अहिले सम्म लालपूर्जा फिर्ता पाएको छैन ।’ यी त प्रतिनिधि पात्र मात्र हुन् । ऋण चुक्ता गरिसकेका उपाध्याय, जस्तै ११ जनाको लालपूर्जा सहकारीको कब्जामा छ । यस्तै झण्डै १३ सय बचतकर्ताले आफुले आफ्ना आवश्यकतालाई विट मार्दै जम्मा गरेको बचत रकम पाएका छैनन् । सुनारकाअनुसार लामो समयदेखी सहकारी बन्द छ । आफ्नो लालपूर्जा र बचत रकम फिर्ता गर्न फोन गर्दा संचालक समितिका सदस्यहरुको फोन नउठ्ने उनीहरूको गुनासो छ ।

सुनारले तत्काल सहकारीले आफ्नो लालपूर्जा र बचत फिर्ता नगरे कानुनी प्रक्रियामा जाने बताए । उक्त सहकारी संस्थाका अध्यक्ष वहेक एमालेबाट निर्वाचित वडा नम्बर ७ कै वडाध्यक्ष समेत हुन् । सो विषयमा उनिसंग कुरा गर्दा उनले जतिसक्दो छिटो समस्याको समाधान गर्ने बताए ।

‘कमला जि लगाएतका बचतकर्ताले ऋण चुक्ता गरिसक्नु भएको छ । तर हामीले उहाँहरुलाई लालपूर्जा उपलब्ध गराउन नसकेको कुरा साँचो हो ।’ अध्यक्ष वहेकले भने ‘हामी (सगरमाथा सहकारी) ले कमला जी लगाएतका बचतकर्ताको लालपूर्जा धितो राखेर नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेप्स्कुन) बाट १ करोड १० लाख ऋण लिएका छौँ । उहाँहरुको लालपूर्जा नेप्स्कुन संग रहेको छ ।’

उनले अगाडी भने ‘सगरमाथा सहकारीले ऋण लगानी गरेका व्यक्तिहरु कमला जी लगाएतका बचतकर्ताले सहकारीलाई ऋण चुक्ता गरिसक्नु भयो तर हामी (सहकारी) ले नेप्स्कुनबाट लिएको ऋण चुक्ता गर्न बाकीँ छ । त्यसैले यो समस्या आएकोे हो ।’

सहकारीले नेप्स्कुनबाट लिएको ऋण तिर्न नसक्दा लालपूर्जा फिर्ता गर्न नसकिएको अध्यक्ष वहेकले बताए । ‘ऋण चुक्ता गरिसकेपछि हामीले उहाँहरुको धितो सम्पती फिर्ता गर्नुपर्ने हो ।’

उनले भने ‘तर हामीले उहाँहरुको लालपूर्जा धितो राखेर नेप्स्कुनबाट लिएको ऋण चुक्ता गर्न नसक्दा लालपूर्जा दिन सकेका छैनौँ ।’ उनले अगाडी भने ‘लामो समय बन्द अवस्थामा रहेको सहकारी साउन १ गतेबाट कार्यालय खुल्ला गरेका छौँ । अब जति सक्दो चाँडो नेप्स्कुनको ऋण चुक्ता गरेर यो समस्या समाधान गर्छौ ।’

उनकानुसार सहकारीले नेप्स्कुनलाई झण्डै ६२ लाख सावाँ र ४२ लाख बढी व्याज रकम तिर्न बाँकी छ । सहकारीका पदाधिकारीहरुको बदमासीले स्थानिय बचतकर्ता मारमा परेका छन् । राम्रो व्यवस्थापनको अभावका कारण उक्त समस्या सिर्जना भएको भन्दै छिटै समस्याको समाधान गर्ने अध्यक्ष वहेकले बताए । हिमालय टाइम्स

  • संस्थाको कर्तुत
बिहिबार, साउन ०४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.