• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज १०, २०८३
☰
शनिबार, असोज १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ५ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ६. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ७. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ८. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ९. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • १०. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

सीप छ, प्रमाणपत्र छैन

  •   शुक्रबार, साउन ०५, २०८० मा प्रकाशित

टीकापुर– कैलालीको टीकापुरमा करिब ८० जना घरमा रङरोगन गर्ने श्रमिक छन् । उनीहरूले सधैँभरि काम भने पाउँदैनन् । यसरी काम गर्ने कामदार आफैँले सिकेको सीपले टीकापुरका घर सजाउने गरेका छन् । उनीहरुलाई ‘सिजन’ मा काम पाउँदा रङरोगन कार्यबाट राम्रै कमाइ हुन्छ, काम नपाउँदा भने समस्या हुन्छ ।

कैलालीमा पक्की घर पेन्टिङ (लिपपोत) गर्ने काम गर्ने श्रमिकलाई ‘सिजन’मा भ्याइनभ्याइ हुन्छ । घर तथा झ्यालढोका रङरोगन गर्ने महिनाभरि काम पाएमा ३० हजारसम्म कमाइ गर्छन् । पेन्टिङ गर्नेले दशैँ–तिहार तथा चाडपर्वका समयमा बढी काम पाउँछन् । पाँच वर्षदेखि यो पेसा गरिरहेका देवेन्द्र चौधरी नियमित काम पाएमा राम्रै कमाइ हुने गरेको बताउन्छन ।

‘सिजनमा धेरै कामको चाप हुन्छ । बिहानदेखि रातिसम्म काम गर्छौँ, कहिलेकाहीँ ठेक्कामा काम पाइन्छ भने कहिले दैनिक ज्यालादारीमा गर्छौँ’, उनि भन्छन्, ‘बर्खाको समयमा भने काम पाइँदैन, यो समयमा खेतीपाती गर्छौँ, अन्य दैनिक ज्यालादारीको काम गर्छौँ ।’

उनले दैनिक ज्यालादारीमा काम गर्दा आठ सयदेखि एक हजारसम्म लिनुहुन्छ । घरमा तथा झ्यालढोकामा रङ लगाउने काम गर्छन् । श्रमिक चौधरीले यो सीप आफ्नै मेहनतले सिकेका हुन । ‘बेरोजगार भएकाले साथीहरूको सङ्गतले यो सीप सिकेको हुँ, पहिला–पहिला तीन सयदेखि पाँच सयसम्म कमाइ हुन्थ्यो’, उनि भन्छन्, ‘अचेल राम्रो सीप सिकेकाले कमाइ पनि ठीकै हुन्छ ।’

उनिसँग सीप भए पनि प्रमाणपत्र छैन । सरकारी कार्यालय तथा अन्य सङ्घसंस्थामा काम गर्नुपर्दा सीप सिकेको काजगात माग्छन् । त्यो बेलामा उनलाई समस्या पर्छ । ‘मसँग सीप छ तर सीप सिकेको प्रमाणपत्र छैन’, उनले भने, ‘पालिकाले तालिम गरेर प्रमाणपत्र उपलब्ध गराइदिएको भए हुन्थ्यो । हामीजस्ता काम गर्ने मानिस पनि थोरै छौँ, इच्छा भएकाहरूले सिक्न पनि पाउँथे ।’

यसरी काम गर्नेलाई घामपानीको भने समस्या हुन्छ । साथै छालामा रङ लाग्ने भएकाले पनि समस्या हुन्छ । दैनिक सरसफाइ गर्नुपर्ने, आँखा जोगाउनुपर्ने हुन्छ । कैलालीका प्रकाश चौधरी पनि घर रङरोगन गर्ने काम गर्छन् । साथीबाटै सीप सिकेका प्रकाशको घर पनि यही कामबाट चलेको छ । बेरोजगार बस्नुभन्दा स्वदेशमै केही गरौँ भनी उनले पनि घरमा रङ लगाउने काम थालेका हुन । ‘सीप सिकेर विदेश जानुपरेको छैन, जीवन गुजारा चलेको छ’ उनी भन्छन ‘रङ लगाउने काममा जोखिम पनि छ । सिँढी, बेल्टलगायतका सुरक्षा सामग्री चाहिन्छ, यस्ता सामग्रीमा सरकारको सहयोग भएको भए हुन्थ्यो ।’

यसरी रङ लगाउने काम गर्दा स्वास्थ्यमा ध्यान दिन आवश्यक हुन्छ । कैलालीका समशेर बडायकले रङरोगन गर्दा ध्यान नदिँदा आँखामा समस्या भएको छ । ‘तीन तलाको घर थियो, रङ लगाउँदै गर्दा आँखामा खस्यो’, उनले भने, ‘पछि एक महिनासम्म काम गर्न सकिएन, काम गर्दा सावधानी अपनाउनुपर्छ ।’

टीकापुरमा ७० देखि ८० जनासम्म यसरी घरमा रङरोगन लगाउने सीप भएका मानिस रहेको बताइन्छ । यसरी रङ लगाउने सीप भएकाले पनि आफ्नै बलबुताले सीप सिकेका हुन् । व्यावसायिक रूपमा तालिम लिएर सीप सिकेका निकै कम छन् । यसरी रङ लगाउने काम गर्नेलाई पनि वर्षैभरि कामको अभाव छ । उनीहरूले ठेकेदार र व्यापारीको सम्पर्कबाट काम गरिरहेको अवस्था रहेको ठेकेदार सुकदेव दास बताउछन् ।

‘मानिसले लाखौँ खर्चिएर घर बनाउँछ । घरमा रङमा समेत हजारौँदेखि लाखौँसम्म खर्च गर्छ’, दास भन्छन्, ‘यसरी लगाइने रङ गुणस्तरीय हुनुपर्छ । रङ लगाउनेलाई रङको गुणस्तरबारे समेत जानकारी हुनुपर्छ ।’

यसरी काम गरिरहेकाको सीप विकासका लागि स्थानीय सरकारले तालिम दिने, तालिम लिएका दक्ष कामदारले मात्र काम गर्ने वातावरण बनाउन आवश्यक रहेको घरधनीहरूको माग छ । ‘हामीले जीवनभरिको कमाइ घरमा लगाउँछौँ’, स्थानीय योजना अधिकारीले भने, ‘हामीलाई रङको गुणस्तर पनि थाहा हुँदैन, पेन्टिङको काम गर्नेहरू यस्ता कुरामा जानकार हुनुपर्छ ।’ रासस

  • प्रमाणपत्र छैन
शुक्रबार, साउन ०५, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप
भेस्पा लेजेन्ड्स स्कुटरको आधिकारिक सोरुम धनगढीमा
बजेटमा हुने बेथिति रोक्दै शीघ्र बजेट ल्याउने बिषयमा सर्वदलीय  सहमति
दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो
लामो दुरीका बस सेवा बन्द
सुदूरपश्चिममा लामो दूरीका बस सेवा बन्द

समाचार

सबै

कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

भेस्पा लेजेन्ड्स स्कुटरको आधिकारिक सोरुम धनगढीमा

बजेटमा हुने बेथिति रोक्दै शीघ्र बजेट ल्याउने बिषयमा सर्वदलीय  सहमति

दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो

कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

भेस्पा लेजेन्ड्स स्कुटरको आधिकारिक सोरुम धनगढीमा

बजेटमा हुने बेथिति रोक्दै शीघ्र बजेट ल्याउने बिषयमा सर्वदलीय  सहमति

दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ५ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ६.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.