• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

कैलाली–कञ्चनपुरमा हुलाकी सडक निर्माणमा ढिलासुस्ती

  •   बुधबार, साउन १०, २०८० मा प्रकाशित

कैलाली- सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा निर्माणाधीन हुलाकी सडक निर्माणको गति सुस्त देखिएको छ । कैलालीमा ७३ र कञ्चनपुरको दक्षिण क्षेत्रमा ६२ किलोमिटर गरी एक सय ३५ किलोमिटर हुलाकी सडक निर्माण थालिएको लामो समय बितिसक्दा पनि अझै ८३ दशमलव पाँच किलोमिटर हुलाकी सडक कालोपत्रे गर्न बाँकी छ । हालसम्म यहाँ ५१ दशमलव पाँच किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ ।

कञ्चनपुरमा २०७३ फागुनदेखि निर्माण थालिएको सडक अझै ५० प्रतिशतभन्दा बढी उस्तै छ भने कैलालीमा ७३ किलोमिटरमध्ये १३ किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ । हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका इन्जिनियर दीपक सुनारले कञ्चनपुरमा २०७३ फागुन र कैलालीमा २०७७ असारदेखि सडक निर्माण थालिएको जानकारी दिए ।

कैलालीको लम्कीदेखि टीकापुरसम्मको २९ किलोमिटर सडकमा आठ किलोमिटर कालोपत्रे भएको छ । तीस महिनाको अवधि तोकेर सो खण्ड तीन वटा प्याकेजमा रु एक अर्ब १८ करोड ५५ लाखमा सम्झौता भएको थियो ।

उक्त प्याकेजको एक पटक म्याद थप भएर आगामी पुस मसान्तसम्म कायम रहेको इन्जिनियर सुनारको भनाइ छ । त्यसैगरी कैलालीको धनगढीस्थित क्याम्पस रोडदेखि सत्तीसम्मको ४४ किलोमिटरमध्ये साढे पाँच किलोमिटर मात्रै कालोपत्रे भएको छ ।

उक्त खण्ड रु एक अर्ब ३१ करोड ४१ लाखमा चार वटा प्याकेजमा ठेक्का सम्झौता गरिएको छ । क्याम्पसरोडदेखि सत्तीसम्म ६४ किलोमिटर हुलाकी सडकमध्ये २० किलोमिटर पहिल्यै कालोपत्रे भइसकेको थियो । इन्जिनियर सुनारले कोरोनाका कहर, निर्माण सामग्रीमा मूल्य वृद्धि तथा पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिले निर्माण व्यवसायीले काममा ढिलाइ गरेको बताए ।

“अस्वभाविकरुपमा मूल्य बढेपछि निर्माण व्यवसायीले काम पनि सुस्त गरे”, उनले भने, “कञ्चनपुरको बाँकी रहेको दुई वटा प्याकेजको म्याद सकिए पनि थप गर्ने विषय टुङ्गो लागेको छैन ।” कञ्चनपुरमा डोकेबजारदेखि बेलौरीसम्मको २० किलोमिटरको पहिलो प्याकजे सकिए पनि दोस्रो र तेस्रो प्याकेजको काम आधाभन्दा बढी बाँकी छ ।

निर्माणका लागि पाँचौँ पटक थपिएको म्याद गत असार मसान्तमा सकिएको सुनारको भनाइ छ । “माथिल्लो निकायबाट संशोधन भएर आएन भने कारबाहीको प्रक्रिया अघि बढ्न सक्छ”, उनले भने, “त्यो विषयले अहिले किनारा पाइसकेको छैन ।”

यहाँ बेलौरीदेखि बेल्डाडीसम्मको दोस्रो २० किलोमिटर प्याकेजमा साढे नौ किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ । उक्त कामको जिम्मा रु ४१ करोड ४१ लाखमा बाबा हंस–सिद्धीसाई जेभीले पाए पनि अझै ५० प्रतिशतभन्दा बढी काम गर्न बाँकी छ । सो प्याकेजको पचुँइ क्षेत्रमा भारतीय सुरक्षा निकायले सडक भारतमा पर्ने दाबीसहित केही भागमा कालोपत्रे गर्न अवरोध गरेको छ ।

त्यसैगरी हुलाकी सडकको अन्तिम प्याकेज ९बेल्डाडी–दैजी० २२ किलोमिटरमध्ये साढे आठ किलोमिटर सडक मात्रै कालोपत्रे भएको इन्जिनियर सुनारले बताए ।

यहाँ, निर्माण व्यवसायीले सम्झौताअनुसार निर्धारित समयभित्र काम सक्ने गरेको बेवास्ताका कारण ढिलाइ भएको हो । यसअघि यहाँ भारतीयले ७३ किलोमिटर एक लेनको हुलाकी सडक कालोपत्रे गरेको हुलाकी राजमार्ग योजना कार्यालयले जनाएको छ । रासस

 

  • हुलाकी सडक
बुधबार, साउन १०, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.