धनगढी- सुदूरपश्चिम प्रदेशमा प्रोटेक्टिभ माईक्रो इन्स्योरेन्स लिमिटेडको मुख्य कार्यालय उद्घाटन गरिएको छ । धनगढीमा बिहीबार एक कार्यक्रमकाबीच प्रोटेक्टिभ माईक्रो इन्स्योरेन्सको मुख्य कार्यालय उद्घाटन गरिएको हो ।
प्रोटेक्टिभ माईक्रो इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोकायाको अध्यक्षत्यतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल थिए ।
प्रमुख अतिथि पौडेलले सुदूरपश्चिममा पनि प्रोटेक्टिभ माईक्रो इन्स्योरेन्सले मुख्य कार्यालय राख्न सफल भएको भन्दै शुभकामना व्यक्त गरे ।
इन्स्योरेन्सलाई ग्रामीण क्षेत्रमा पुगाउने उद्देश्यका साथै इन्स्योरेन्सको स्थापना गरिएको प्रोटेक्टिभ माईक्रो इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत विश्वजन थापा श्रेष्ठले बताए ।













