• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज १०, २०८३
☰
शनिबार, असोज १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ५ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ६. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ७. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ८. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

  • ९. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • १०. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

अलपत्र पर्दै धनगढी-दिपायल द्रुतमार्ग

  •   शुक्रबार, साउन १२, २०८० मा प्रकाशित

डोटी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जेठ दोस्रो सातातिर डोटीमा आयोजित एक कार्यक्रममा धनगढी–बीपीनगर–दिपायल द्रुतमार्गलाई प्रदेश सरकारले प्राथमिकता राखी बजेट विनियोजन गर्ने प्रतिबद्धता गरेपछि डोटेलीमा खुसियाली छायो ।

तर प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि पारित बजेटमा सो योजनाको नामै उल्लेख नगरेपछि बजेटबिना सडकको भविष्य नै अन्योलमा परेको भन्दै डोटीवासीले सडक आयोजनालाई नै प्रदेश सरकारले उपेक्षा गरेको आरोप लगाएका छन् ।

प्रदेश सरकारको प्राथमिकतामा नपरेको यो आयोजना संघीय सरकार मातहत छ । संघीय सरकारले समेत यो सडकलाई उपेक्षा गरेको डोटी उद्योग वाणिज्य संघका महासचिव दीपक खड्काले आरोप लगाए ।

‘सडकका लागि नेताहरूलाई फूलमालासहित डोटेली जनताकातर्फबाट पटकपटक भेटेर ज्ञापनपत्र बुझायौं र दबाब दियौं,’ महासचिव खड्काले भने, ‘तर पहाडी जिल्लाप्रति सरकार कहिल्यै सकरात्मक भएन ।’

बजेट अभावकै कारण ०६६ साल यताबाट अलपत्र पारिँदै आएको धनगढीदेखि दिपायल द्रुतमार्ग बझाङ हॅँदै उरै भन्ज्याङसम्म जोड्ने महत्त्वाकांक्षी योजना हो । धनगढीदेखि उरै भन्ज्याङसम्म १ सय ८६ किलोमिटर दुरीको सडक निर्माणका लागि ७ अर्ब रुपैयाँ लागत अनुमान गरिएको धनगढी–खुटिया–बीपीनगर–दिपायल–बझाङ–उरै भन्ज्याङ सडक आयोजना बीपीनगरका इन्जिनियर दिनेश रैखोलाले बताए । तर यो सडकमा हालसम्म जम्मा ७२ करोड रुपैयाँमात्र बजेट सरकारले दिएको छ ।

संघीय सरकारले भने यो आर्थिक वर्षका लागि २५ करोड रुपैयाँ विनियोजन गरेको छ । डोटी कांग्रेसका सभापति नरेन्द्रबहादुर सिंहले पटकपटक पहल गर्दा पनि प्रदेश र संघीय सरकार जवाफदेही हुन नसकेको आरोप लगाए ।

‘डोटीमै पुगेर हाम्रा अगाडि मुख्यमन्त्रीले व्यक्त गरेको प्रतिबद्धतासमेत प्रदेश सरकारले पूरा गरेन,’ सभापति सिंहले भने, ‘हालसम्मका सबै सरकारबाट यो सडकलाई राजनीतिक एजेन्डा बनाउने तर सत्तामा पुगेपछि बेवारिसे छाड्ने काममात्र भए ।’

यो द्रुतमार्ग निर्माण सम्पन्न भएमा हाल धनगढीदेखि दिपायलसम्मको २ सय १० किलोमिटर दुरी छोटिएर ९६ किलोमिटर हुनेछ । यो मार्गले ७ वटै पहाडी जिल्लालाई राहत दिने विश्वास स्थानीयमा छ । यो सडकलाई पश्चिम नेपालको भाग्यरेखासमेत भनिदै आए पनि सरकारले बेवास्ता गर्नु खेदजनक रहेको आदर्श गाउँपालिका अध्यक्ष गणेशबहादुर खड्काले बताए ।

पालिका प्रमुखहरूले संयुक्त रुपमा संघीय र प्रदेश सरकारसँग आयोजनालाई आवश्यक बजेट उपलब्ध गराएर प्राथमिकताका साथ सडक निर्माण गरिनुपर्ने माग राख्दा पनि सुनुवाइ नगरिएको अध्यक्ष खड्काले बताए ।

काम सुरु भएको १४ वर्षपछि गत वर्षमात्रै धनगढीदेखि दिपायलसम्म सडकको ट्रयाक खोल्ने काम सकिएको छ । त्यो पनि ठाउँ ठाउँमा पहिरो खस्दा, खोल्साखोल्सी तथा सिंगल ट्रयाक भएका कारण सञ्चालन भएको छैन ।

न्यून बजेटका कारण राजपुरदेखि बीपीनगर सडक खण्डमा भने गत आर्थिक वर्षमा ३ वटा नाली निर्माण, सडक क्रसिङका लागि ह्युमपाइप राख्ने र स्ल्याब बटमको काममात्र गरिएको छ । धनगढी–दिपायल खण्डमा पर्ने ९ वटा पुलको ठेक्का लगाइसकिएको सडक आयोजनाले जनाएको छ ।

मापदण्डमा सडकको चौडाइ ९ मिटर हुनुपर्ने उल्लेख भए पनि ४० किलोमिटर सडकखण्डमा साढे ५ मिटर चौडाईमात्र भएको सिंगल कटिङ गरिएको छ । इन्जिनियर रैखोलाले सरकारसँग कुलपातेदेखि सलेनासम्म कालोपत्रेका लागि बहुवर्षीय योजना बनाई बजेट माग गरिएको बताए ।

गुणस्तरहीन काम भएको आरोप

धनगढी–खुटिया–विपीनगर–दिपायल–बझांङ–उरैभन्ज्याङ सडकअन्तर्गतको दिपायल एयरपोर्टदेखि तिखा सडक खण्डको कालोपत्रे निर्माण कार्य गुणस्तरीय नभएको गुनासो स्थानीयले गरेका छन् । सुदूरपश्चिमका पहाडी जिल्लाको भाग्यरेखा मानिएको यो सडक निर्माण कार्यमा देखिएका कमजोरी तत्काल सुधार नगरे कडा कदम चालिने चेतावनी स्थानीयले दिएका छन् ।

जिल्ला समन्वय समितिका संयोजक लक्ष्मणबहादुर सिंह, प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, दिपायल सिलगढी नगरपालिका नगरप्रमुख विजय खड्का, प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमला, सडक आयोजनाका इन्जिनियर दिनेश रैखोला तथा पत्रकारसहितको टोलीले गत शुक्रबार सो सडक खण्डको अनुगमन गरेको छ । अनुगमनका क्रममा स्थानीयले सडक निर्माण कार्य कमसल रहेको गुनासो गरेका हुन् । अनुगमन समितिले समेत सडक निर्माण कार्यमा कैफियत औंल्याएको छ ।

डोटीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालसमेत कालोपत्रे निर्माणमा केही कमजोरी देखिएको बताउँछन् । प्रमुख जिल्ला अधिकारी अर्यालले विवादका कारण खैरतोला क्षेत्रमा निर्माण कार्य रोकिएको, मोडहरूमा खाल्डाखुल्डी रहेको तथा कालोपत्रे गरिएको ठाउँमा पानी जम्ने गरेको पाइएकाले सो कुरा निर्माण व्यवसायीले सुधार्नुपर्ने बताए । कान्तिपुरबाट

 

  • द्रुतमार्ग
शुक्रबार, साउन १२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप
रुखबाट लडेर एक महिलाको मृत्यु
कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप
भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी
यस्तो छ आज देशभरको मौसम पूर्वानुमान
भेस्पा लेजेन्ड्स स्कुटरको आधिकारिक सोरुम धनगढीमा

समाचार

सबै

मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप

रुखबाट लडेर एक महिलाको मृत्यु

कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप

रुखबाट लडेर एक महिलाको मृत्यु

कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ५ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ६.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.