• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

आलितालका बाइस परिवारको विद्यालयमा बास

  •   शुक्रबार, साउन १२, २०८० मा प्रकाशित

डडेलधुरा- आलिताल गाउँपालिका–१ स्थित मालागाउँ र भोकागाउँका बासिन्दा पहिरोको त्रासका कारण नजिकको विद्यालय भवनमा रात बिताउन बाध्य भएका छन् । मालागाउँ र भोकागाउँका गरी २२ परिवार जनज्योति आधारभूत विद्यालय सियलामा बस्दै आएका छन् । गाउँपालिका अध्यक्ष शेरसिंह पार्कीले दुइटै गाउँ पहिरोको जोखिममा रहेकाले यस्तो अवस्था आएको जानकारी दिए ।

उनका अनुसार उक्त बस्तीमा वर्षाका कारण माथिबाट पहिरो झर्ने गरेको छ । पहिरोबाट घरसँगै आफू पनि पुरिने डरले ज्यान जगाउन स्थानीयवासी नजिकै रहेको विद्यालयमा बस्न थालेका हुन् ।

स्थानीय जनप्रतिनिधि र प्रहरीले नै उहाँहरूलाई यही साउन ८ गते साँझदेखि सो विद्यालयमा बस्न लगाएको हो । गाउँबस्तीमाथिबाट ढुङ्गा खसिरहेकाले सुरक्षाका लागि विद्यालयमा राखिएको बताइएको छ ।

यहाँका २२ परिवारका १२८ जनालाई राहत स्वरूप चामल, दाल, तेल, तरकारी नुनलगायत खाद्य सामग्री वितरण गरिएको आलिताल–१ का वडाध्यक्ष यज्ञबहादुर देउवाले बताए । सो गाउँ पहिरोको उच्च जोखिम रहेकाले सबैलाई समयमै सुरक्षित स्थानमा सारिएको भनाइ उनको छ । वर्षायामका कारण विद्यालय केही दिनका लागि बिदा गरिएकाले स्थानीयलाई सोही विद्यालय भवनमा राख्न सजिलो भएको वडाध्यक्ष देउवाले बताए । विद्यालय सञ्चालनमा आएपछि भने समस्या हुने देखिएको छ ।

विद्यालय सञ्चालनपछि भने स्थानीयलाई राष्ट्रिय वनको खुला क्षेत्रमा राख्ने विषयमा छलफल भइरहेको उनले बताए । जिल्ला विपत् व्यवस्थापन समितिले पीडित परिवारलाई सोही वडाको पोखरीस्थित राष्ट्रिय वनको खुला क्षेत्रमा बसोबासको व्यवस्था मिलाउने निर्णय गरेको छ ।

डडेलधुराका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले पहिरोपीडितका लागि गृह मन्त्रालयसँग २२ थान चाइनिज टेन्ट, एक सय थान त्रिपाल र एक सय थान ब्ल्याङ्केट उपलब्ध गराइदिन अनुरोध गर्ने निर्णय भएको बताए ।

उनका अनुसार अन्य आवश्यक राहत र उद्धारका सामग्रीका लागि प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग अनुरोध गर्ने निर्णयसमेत भएको जनाए । दुइटै गाउँको माथिल्लो क्षेत्रबाट पहिरो खस्न थालेको छ । हालसम्म मानवीय क्षति नभए पनि केही घरमा क्षति पुगेको छ ।

यस जिल्लाका अन्य स्थानीय तहमा पनि पहिरोको समस्या देखिन सक्ने भएकाले पालिका प्रमुखसहितको उपस्थितिमा बैठक राखेर बाढी पहिरोबाट हुन सक्ने विपत्का सम्बन्धमा आवश्यक तयारी गरिएको प्रजिअ न्यौपानेले बताए ।

उनका अनुसार जिल्ला विपत् व्यवस्थापन समितिको बैठकबाट जिल्लामा अवरुद्ध सडक खोल्ने, राहत र उद्धारका सामग्रीको बन्दोबस्त मिलाउने, मनसुनजन्य पूर्वतयारी तथा प्रतिकार्य योजना लागु गरी जोखिमपूर्ण बस्तीको पहिचान तथा छनोट गरिएको उनले बताए ।

  • विद्यालयमा बास
शुक्रबार, साउन १२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

समाचार

सबै

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.