धनगढी- अछाममा भरुवा बन्दुक फेला परेको छ। जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ९ ओलीगाउँस्थित डाँडा भन्ने ठाउँबाट एक नाले भरुवा बन्दुक प्रहरी टोलीले फेला पारेको हो। प्रहरीका अनुसार सोमवार दिउँसो भरुवा बन्दुक फेला परेको हो।
विशेष सूचनाका आधारमा प्रहरीको टोली ओलीगाउँ गएको थियो। बन्दुकको बारेमा प्रहरीले थप अनुसन्धान जारी रहेको बताएको छ।













