• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, भदौ २९, २०८३
☰
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ६. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ७. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ८. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ९. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

बझाङका कैदीबन्दीहरुले कारागारभित्रै टोपी बुनेर मनग्य आम्दानी

  •   शनिबार, साउन २०, २०८० मा प्रकाशित

बझाङ- बझाङको जिल्ला कारागार सुधारगृह जस्तै बनेको छ। यहाँका कैदी बन्दीहरुले नयाँ सीपमूलक काम गर्दै आएका छन्। ६७ जनाको हाराहारीमा रहेका उनीहरुले पछिल्लो समय त उद्यमीको रुपमा आफ्नो पहिचान बनाएका छन्।

रोचक त के भने उनीहरु कारागारभित्रैबाट आफ्ना सीपमूलक उत्पादन बेचेर खर्च जुटाउँदै आएका छन्। करिब ५ वर्षदेखि जेल जीवन बिताइरहेका दीपक देवार टोपी, स्विटर, गल्बन्दी लगायत धागोबाट बन्ने सामग्री बनाउँछन्। क्यारेमबोर्ड खेलेरै बिताउने समय सीपमुलक काममा लगाउन पाउँदा खुसी लागेको देवारले बताए।

यसरी उत्पादन गर्ने धागोका सामग्री बजारमा पनि बिक्री गर्दै आएको उनको भनाइ छ। देवार जस्तै हरि टमटाले पनि टोपी बनाएर आयआर्जन गरिरहेका छन्। उनीहरुका अनुसार एकजनाले दैनिक कम्तीमा एउटा टोपी तयार पार्छन्। टोपी ८ सय रुपैयाँको दरले बिक्री हुँदै आएको उनीहरुले बताए।

साथै धागोबाट बन्ने सामग्री बनाएरै आफूहरुले मासिक ८(१० हजार आम्दानी गर्ने गरेको उनीहरुले सुनाए। स्थानीय उत्पादनका साथै हेर्नमा राम्रो भएकाले यसको बजारिकरणमा सबैले ध्यान दिनुपर्ने नेपाल पत्रकार महासंघ बझाङका सचिव ललित सिंहले बताए।

उनले भने, ‘केही समयअघि मैले पनि ४–५ वटा टोपी त्यहाँबाट किनेर ल्याएको हुँ, टोपी राम्रो छ। यसको बजारिकरणमा सबैले ध्यान दिन आवश्यक छ।’

निर्मित सामग्रीको बजार भने प्रशस्त नरहेको उनीहरुको गुनासो छ। बजारको अभावका कारण केही सामग्री त आफूसँगै रहेको टमटाले बताए।

उनले भने, ‘बनाउन केही समस्या छैन, बनेको सामग्री बिक्री गर्न समस्या छ।’ सामान बिक्रीका लागि बजार व्यवस्थापनमा सहयोग गरिदिन उनीहरुले कारागारमा पनि अनुरोध गरेका छन्। उनिहरुले आफैले बुनेका सामाग्री परिवारका सदस्यलाई बिक्रीका लागि बजार पठाउँदै आएका छन्।

उनीहरूले बनाएका सामग्री विक्रीका लागि आफुहरुले पनि सहयोग गरेको जिल्ला कारागार बझाङका जेलर धनबहादुर घर्तीले बताए। कारागारले बेलाबेलामा विभिन्न सीपमूलक तालिम आयोजना गर्दै आएको छ।

आफ्नो थप सीप विकासका लागि घरेलु तथा साना उद्योग विकास कार्यालयसँग कैदीहरूले सीप विकास तालिमको माग गरेका छन्। दुई वर्षयता घरेलु तथा साना उद्योग विकास कार्यालयले कैदीबन्दीहरूका लागि सीप विकास तालिम संचालन नगरेको समेत जेलर घर्तीले बताए।

  • मनग्य आम्दानी
शनिबार, साउन २०, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला
रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय
तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ
भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
भन्सार छलीका सामान नियन्त्रणमा

समाचार

सबै

मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ६.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.