अछाम- अछाममा अटो दुर्घटना भएको छ। जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका–४ तिमिल्सैनको ढोगदिनामा सु प प्र ०१००१ ह ५५६० नम्बरको अटो अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । बिहीबार भएको अटो दुर्घटनामा परेर ३ जना घाइते भएका छन्।
घाइते हुनेमा अटोमा सवार बान्नीगढी जयगढ गाउँपालिका९४ तिमिल्सैनका अन्दाजी ३८ वर्षीय नृप ओड, बान्नीगढी जयगढ गाउँपालिका–५ का २८ वर्षीय टंक साउँद र सोही पालिकाको–२ का अटो चालक २३ वर्षीय हेमराज साउद घाइते भएका छन्।घाइते भएका ओडको अवस्था मध्यम र बाँकी दुई जनाको अवस्था सामान्य रहेको छ। घाइते उनीहरुतीनै जनाको बयालपाटा अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।















