कञ्चनपुर- कञ्चनपुरको बनबासा पुल नजिकको जंगलमा दुई जना युवक बेहोस अवस्थामा फेला परेका छन्। कञ्चनपुरको महेन्द्रनगर गड्डाचौकि नाका र बनबासा पुलको बिचमा पर्ने जंगलको सडक किनारमा दुई जना युवक शनिवार बेहोस अवस्थामा फेला परेका हुन्।
उनीहरूलाई लुटेराहरूले लुटेर बेहोस हुने औषधि खुवाएको हुनसक्ने प्रत्यक्षदर्शीले बताएका छन्। बेहोस मध्ये एकको अछाम घर भएका राम बुढा र अर्को परिचय खुलेको छैन्।
उनीहरू भारतीय प्रहरीको जिम्मामा रहेका छन्। अहिले उनीहरूलाई नेपालका केही स्थानीयले भारतीय प्रहरीको जिम्मा लगाएर अस्पताल लैजान सहयोग गर्न आग्रह गरेका छन्।













