• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज ११, २०८३
☰
आइतबार, असोज ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ६. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ७. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ८. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ९. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

  • १०. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

कैलालीमा धमाधम उद्योग बन्द

  •   आइतबार, भदौ ०३, २०८० मा प्रकाशित

धनगढी– पछिल्लो समयमा उद्योगहरू खुल्ने क्रम घटेसँगै आर्थिक मन्दीको कारण देखाई धमाधम उद्योग बन्द हुन थालेका छन् । कैलाली जिल्लामा सञ्चालित साना तथा मझौला उद्योग बन्द हुने क्रम बढ्दै गएको छ । साना तथा घरेलु उद्योग कार्यालयका अनुसार विगत तीन वर्षमा ५४७ वटा उद्योग बन्द भएको छ ।

सो कार्यालयले कोभिड–१९ को महामारीपछि आर्थिक मन्दी र कच्चा पदार्थको उपलब्धता नभएको लगायतका कारण देखाएर उद्योग बन्द गरिएका छन् । आर्थिक वर्ष २०७७/०७८ मा १४०, २०७८/०७९ मा १७५ र २०७९/०८० मा २३२ उद्योग बन्द भएको साना तथा घरेलु उद्योग कार्यालय कैलालीका प्रमुख कोमलप्रसाद ओझाले बताए । उनले कोभिडपछि उद्योग बन्द हुने क्रम बढ्दै गएको बताए । बन्द हुनेमा कृषिमूलक, उत्पादनमूलक, सेवामूलक, होटल तथा पर्यटनमूलक उद्योगहरू रहेको कार्यालय प्रमुख ओझाले बताए ।

उनले उद्योग दर्ता खारेजी फाराममा प्रायस् उद्योग बन्द गर्नु परेको कारणमा आर्थिक मन्दीले चलाउन नसकिएको, उद्योग सञ्चालन गर्न नसकिने भएका कारण विदेश गइरहेको, उद्योगले पारिवारिक समस्या बढेको, उद्योगका लागि स्थानीयस्तरका कच्चा पदार्थ नपाइएको, बाहिरबाट कच्चा पदार्थ ल्याउँदा महँगो भएको लगायतका कारण उल्लेख गर्ने गरेको बताए ।

‘उद्योग बन्द गर्ने उद्यमीको समस्या प्रायस् समान खालका छन्,’ कार्यालय प्रमुख ओझाले भने, ‘उद्योग बन्द गरेर विदेश गइरहेको, उद्योग सञ्चालन गर्न लिएको ऋण तिर्न नसकेर पारिवारिक समस्या उत्पन्न भएको, जताततै कर तिर्नु परेको लगायतका समस्या उद्योगीले उल्लेख गरेका छन् । हामीले उद्योग बन्द गर्नुपरेको कारणको विश्लेषण गर्दैछौं । केही दिनमै एकीन तथ्यांक सार्वजनिक गर्छौं।’

साना तथा घरेलु उद्योग कार्यालयका अनुसार कोभिडपछि जिल्लामा उद्योग दर्ता हुने क्रम पनि घट्दो छ । २०७७/०७८ मा दुई हजार ९६८, २०७८/०७९ मा दुई हजार ४३७ र २०७९/०८० मा एक हजार १९७ वटा उद्योग गर्दा भएको भएको कार्यालयले जनाएको छ । कोभिडपछि आर्थिक मन्दी आएको र बैंकहरूले ऋण लगानी नगरेपछि जिल्लामा उद्योग खुल्ने क्रम घटेको कार्यालय प्रमुख ओझाले बताए ।

उनले उद्यमतिर युवालाई आकर्षित गर्ने कार्यक्रम सरकारले राखेको भए पनि उद्योग स्थापना र सञ्चालनका लागि पुँजी अभाव भएको कारणले उद्योग दर्ता र नवीकरण हुने क्रम घट्दो अवस्थामा पुगेको बताए । हालसम्म कैलालीमा साढे २३ अर्बका साढे १४ हजारवटा साना उद्योग सञ्चालनमा छन् । साना तथा घरेलु उद्योग कार्यालयको तथ्यांकअनुसार साढे १४ हजार उद्योगमा २३ अर्ब ४३ करोड ४७ लाख ९४ हजार रुपैयाँ पुँजी लगानी छ । ती उद्योगले ७६ हजार ५२५ जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् ।

तीमध्ये आठ हजार ५८ जना महिला छन् । ती उद्योगका १६ हजार २७४ जना उद्यमीमध्ये पाँच हजार ९४५ जना महिला छन् । तथ्यांकअनुसार कैलालीमा सबैभन्दा बढी कृषिमूलक उद्योग ६ हजार १३५ छन् । त्यसपछि सेवामूलक पाँच हजार ३८५ वटा र तेस्रो स्थानमा रहेको उत्पादनमूलक उद्योगको संख्या तीन हजार ८७ छ । पर्यटनमूलक उद्योग ६१ र पर्यटन उद्योग दुईवटा छन् । सूचना प्रविधिमूलक उद्योग नौवटा र निर्माणमूलक उद्योग दुईवटा दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

संख्याको आधारमा तेस्रो स्थानमा रहेको उत्पादनमूलक उद्योगहरूले सबैभन्दा बढी २९ हजार ३१४ जनालाई रोजगारी दिएका छन् भने सेवामूलक उद्योगले २५ हजार ६३३ जना र कृषिमूलक उद्योगले २० हजार ८६९ जनालाई रोजगारी दिएका छन् । कैलाली जिल्लासहित सुदूरपश्चिममै साना, मझौला तथा घरेलु उद्योगमात्रै सञ्चालनमा छन् । यस प्रदेशमा अझै ठूला उद्योग सञ्चालन हुन नसकेको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले जनाएको छ । कारोबारबाट

  • उद्योग बन्द
आइतबार, भदौ ०३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
लागूऔषधसहित दुई जना पक्राउ
आजदेखि सोह्र श्राद्ध सुरु
यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप
जेसीआई धनगढी लेडी जेसीजको जेसीज सप्ताह-२०२६ सम्पन्न
विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो

समाचार

सबै

लागूऔषधसहित दुई जना पक्राउ

आजदेखि सोह्र श्राद्ध सुरु

यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

लागूऔषधसहित दुई जना पक्राउ

आजदेखि सोह्र श्राद्ध सुरु

यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ६.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.