कैलाली- कैलालीमा विभिन्न स्थानबाट अवैध रूपमा भन्सार छलीका सामान बरामद गरिएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका-२ त्रिनगर व्यारेल नजिकबाट भारतबाट भन्सार छली ल्याएका अन्दाजी रुपैयाँ ८ हजार ८५० मूल्य बराबरको चिनी, पानी पुरी, कुर्ती लगायतका सामान बरामद गरेको हो ।
त्यस्तै भजनी नगरपालिका–५ ठेकी पुलबाट अन्दाजी रुपैयाँ एक लाख २० हजार मूल्य बराबरको हार्डवेयरका सामान शुक्रवार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।














