कैलाली- कैलाली, कञ्चनपुर र दार्चुलाबाट प्रहरीले तीन लाखका अबैध सामान वरामद गरेको छ। भन्सार छलेर भित्र्याइदै गरेको अवस्थामा उक्त सामान वरामद गरिएको प्रहरीले जनाएको छ। कैलालीको धनगढी उपमहानगरपालिका–४ गोल मार्केटबाट करिब ३० हजार मूल्य बराबरका लेडिज सुट,कुर्ती,धोती लगायतका सामानहरु प्रहरीले बरामद गरेको छ।
त्यस्तै धनगढी उपमहानगरपालिका–९ बङ्ग्राकटानबाट करिब ६६ हजार मुल्य बराबरका चिनी,प्लाष्टिक डोरी,बिडी,सुर्ती वरामद गरेको प्रहरीले जनाएको छ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बसपार्कबाट करिब ५० हजार मूल्य बराबरका भन्सार छलीका चिनी, मिश्री, दाल लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१० विद्युत कार्यालय अगाडिबाट पनि करिब १५ हजार मूल्य बराबरका बिडी, प्लाष्टिक लगायतका सामान बरामद गरिएको छ।
कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिका–१२ कालागौडी पुलबाट ४५ हजार मूल्य बराबरका कुर्ता सुरुवाल, बच्चाले लगाउने दाउरा सुरुवाललगायतका तथा बेलौरी नगरपालिका–१० सडकघाटबाट १५ हजार पाँच सयका सुर्तीजन्य पदार्थ वरामद गरिएको छ । दार्चुलाको महाकाली नगरपालिका–९ दत्तुबाट करिब ८० हजार पाँच सय मूल्य बराबरका अवैध सामान प्रहरीले वरामद गरेको जनाइएको छ ।













