धनगढी- दिगो विकास लक्ष्यमा दलित महिलाका अधिकारीलाई कार्यान्वयन गर्न सरोकारवालाहरूले जोड दिएका छन् । दलित महिला संघ (फेडो) कैलालीको आयोजनामा सोमवार धनगढीमा आयोजित दिगो विकास लक्ष्य ५, १० र १६ को कार्यान्वयन र स्थानीय करणको अवस्था दलित महिलाको दृष्टिकोणबाट समीक्षा विषयमा अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाहरूले दलित महिलाका अधिकारीहरू कार्यान्वयन गर्नुपर्न जोड दिएका हुन् । दिगो विकास लक्ष्यमा ५, १० र १६ मा लैगिक समानता, असमानता कम गर्ने र न्यायपूर्ण, शान्तिपूर्ण र समावेशी समाजहरू प्रवर्धन गर्ने भनेको छ ।
दलित मुक्ति मोर्चाका प्रदेश अध्यक्ष जगत बिकले आफना हक अधिकारका विषयमा समाजमा कतिपय महिलाहरूलाई जनचेतना समेत नहुँदा धेरै समस्या हुने गरेको नेपाल बताए । स्थानीय तह र प्रदेश सरकारले दलितका विषयमा छुटै कानुन नबनाउँदा पनि दलित महिलाहरू हक अधिकारबाट बच्चित भएको उनले बताए ।
दलित समुदायका महिलाहरूले नेतृत्वदायी भूमिकामा पुर्ने नसक्दा पनि धेरै समस्याहरू खेप्दै आइरहेको उनको भनाइ छ । स्थानीय तह र प्रदेश सरकारले दलित महिलाहरूका लागि लक्षित कार्यक्रमका लागि बजेट समेत विनियोजन गर्न नसकेको उनले धारण राखे ।
शिक्षाले मात्रै दलित महिलाहरुको पुन उथान हुन नसक्ने डोटीका स्थानीय डबल ताम्राकारले बताए । उनले शिक्षासँग मानसिक चेतना पनि बदल्लन जरुरी रहेको बताए । ‘जब सम्म हाम्रो चेतना बदल्न सक्दैनै तब सम्म दलित माथि हुने विभेद अन्त्य हुन सक्दैन,’ उनले भने । सविधानमा दलितहरुका हक अधिकार लाई समेटीएको भएपनि अझे कार्यान्व्य हुन नसकेको उनले बताए ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाकी नगर उप–प्रमुख कन्दकला रानाले स्थानीय सरकारको दायित्व भित्र पर्ने दलित महिलाहरूको हक अधिकारका लागि लागेको बताइन् । दलितका बालबालिकाहरूको शिक्षाको जिम्मेवारी समेत नगरपालिकाले लिइएको उनले बताइन् । दलित महिलाहरूको क्षमता अभिवृद्धिका लागि कार्यक्रम सञ्चालन गर्न तयारीमा रहेको उनले बताइन् ।
दलित महिला संघ (फेडो) कैलालीकी संस्थापक अध्यक्ष दुर्गा सोपले कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।















