• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

सुदूरपश्चिममा अपराधको ग्राफ बढ्दो, पाँच वर्षमा १४ हजार घटना

  •   शनिबार, साउन २१, २०७९ मा प्रकाशित

धनगढी- सुदूरपश्चिम प्रदेशमा अपराधका घटनामा वृद्धि भएको छ । प्रदेशमा पाँच वर्षको अवधिमा १४ हजार अपराधिक घटना भएको तथ्यांक सार्वजनिक भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार प्रदेशमा २०७४÷७५ देखि ०७८÷७९ सम्म १३ हजार ९४१ अपराधका घटना भएका छन् । यो अपराधका सवारी र विविध घटनासहितको तथ्यांक हो ।

तथ्यांक अनुसार ज्यान मार्ने उद्योग अन्तर्गत ५ वर्षमा २ हजार ५५०७ वटा घटना भएको छ । जसमध्ये ०७४÷०७५ मा ४ सय, ०७५÷०७६ मा ४१४, ०७६÷०७७ मा ५०४, ०७७÷०७८ मा ५८७ र ०७८÷०७९ मा ६०२ वटा घटना भएका छन् ।

यस्तै आत्महत्या दुरुत्साहन अन्तर्गत २ हजार ७८० घटना भएका छन् । जसमध्ये ०७४÷०७५ मा ४७८, ०७५÷०७६ मा ५००, ०७६÷०७७ मा ५४७, ०७७÷०७८ मा ६७८ र ०७८÷०७९ मा ५७७ घटना भएका छन् । सङ्गठित तथा आर्थिक अपराध अन्तर्गत एक हजार ४६१ वटा घटना भएका छन् । जसमा २०७४÷०७५ मा १८४, ०७५÷०७६ मा २१६, ०७६÷०७७ मा २५४, ०७७÷०७८ मा ३७१ र ०७८÷०७९ मा ४३६ घटना भएका छन् ।

डाँका चोरी अन्तर्गत ५ वर्षमा ७३७ वटा घटना भएको छन् । जसमा ०७४÷०७५ मा ७८, ०७५÷०७६ मा १७२, ०७६÷०७७ मा १५६, ०७७÷०७८ मा १५४ र ०७८÷०७९ मा १७७ घटना भएको तथ्यांक छ । यस्तै सामाजिक अपराधमा जम्मा ३ हजार ४६५ वटा घटना भएका छन् । जसमध्ये ०७४÷०७५ मा ५४७, ०७५÷०७६ मा ६३२, ०७६÷०७७ मा ८५३, ०७७÷०७८ मा ६१७ र ०७८÷०७९ मा ७८९ घटना भएका छन् ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिकविरुद्ध अपराध अन्तर्गत १ हजार ८८७ घटना भएका छन् । जसमध्ये ०७४÷०७५ मा २३८, ०७५÷०७६ मा ३७३, ०७६÷०७७ मा ३५९, ०७७÷०७८ मा ४८३ र ०७८÷०७९ मा ४३४ घटना भएका छन् ।

यस्तै, सवारी दुर्घटना अन्तर्गत ५ वर्षमा ७८५, विविध घटना अन्तर्गत १५५ र अन्य घटना अपराधिक घटना अन्तर्गत १३५ घटना भएको तथ्यांक छ । समग्र वर्षको हिसावले ०७४÷०७५ मा २ हजार १३०, ०७५÷०७६ मा २ हजार ५६२, ०७६÷०७७ मा २ हजार ८८०, ०७७÷०७८ मा ३ हजार १४१ र ०७८÷०७९ मा ३ हजार २२८ घटना भएका छन् ।

सामाजिक सञ्जालको बढ्दो दुरुप्रयोगलगायतका कारण अपराधका घटनामा वृद्वि आएको नागरिकको बुझाई छ । धनगढी उपमहानगरपालिका वडा नम्बर २ का स्थानीय प्रयागराज जोशीले बढ्दो जनसंख्यासंगै सामाजिक सञ्जालको दुरुपयोगलगायतका कारण अपराधिक क्रियाकलाप बढ्दै गइरहेको बताए । ‘सामाजिक सञ्जाललाई व्यवस्थित बनाउन एउटा नियम कानुन बनाउन अतिनै आवश्यक छ,’ उनले भने, ‘यसमा प्रहरीको सक्रियता पनि त्यत्तिकै जरुरी छ ।’

प्रहरीको सक्रियता बजारमुखी भन्दा ग्रामिण क्षेत्रतिर पनि हुन आवश्यक रहेको उनको भनाइ छ । ‘समाजमा नयाँ मान्छे आउँदा समाजले वाच गर्न जरुरी रहेको देखिन्छ,’ उनले भने, ‘अब त घर भाडामा बस्ने मानिसरहरुलाई पनि परिचय खुल्ने कागजात लिएर मात्रै भाडामा बसाउनुपर्छ ।’

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक भोलाबहादुर रावलले जनसंख्या बढ्नु, अशिक्षा, आर्थिक कारणलगायतले गर्दा नै अपराधका घटनामा वृद्धि भएको बताए । नेपाल प्रहरीले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रमहरू गर्दै आएको उनले बताए । उनका अनुसार अपराधका घटनामा १८ देखि ४० वर्ष उमेर समूहका मानिसहरू बढी संलग्न भएको पाइएको छ ।

  • अपराध
शनिबार, साउन २१, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.