मोरङ- मोरङको जहदाबाट घरनजिकको कटेरोमा लुकाएर राखेको ३८ किलोग्राम गाँजा प्रहरीले बरामद गरेको छ । शनिबार साँझ प्लाष्टिकमा प्याक गरी बोरामा हाल्दै घरपछाडिको कटेरोमा लुकाएर राखेको अवस्थामा लागुऔषध गाँजा बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार जहदा गाउँपालिका–३ ठूलोहात्तीबन्दाका ४० वर्षीय भुसाराम राजवंशीले गाँजा लुकाएर राखेका हुन् ।राजवंशी भने घरमा भेटिएनन् । खोजी तीव्र पारिएको डीएसपी श्रेष्ठले बताए ।













