• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

निर्मला पन्त प्रकरणमा मुछिएका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप

  •   सोमबार, साउन २३, २०७९ मा प्रकाशित

धनगढी- चार वर्षअघि कञ्चनपुरमा निर्मला पन्त घर नजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेकी थिइन् । निर्मला हत्याको २५ दिनपछि प्रहरीले भीमदत्त नगरपालिका–२ कै दिलिपसिंह विष्टलाई समातेर अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो ।त्यसको दुई दिनपछि २६ भदौमा जिल्ला अदालतले उनको संलग्नता पुष्टि गर्ने ठोस प्रमाण नभएको र डीएनए समेत म्याच नभएको भन्दै साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो । त्यसपछि उनी छुटेका थिए ।

चार वर्षअघि निर्मला हत्या प्रकरणमा पक्राउ परेर छुटेका कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का तिनै दिलिप विष्टले युवतीहरुलाई दुर्व्यवहार गरेको आरोप लागेको छ । दिलिपले बाटोमा हिड्ने किशोरी तथा युवतीलाई जिस्काउन थालेको गुनासो गरिएको छ । निर्मला मृत भेटिएको क्षेत्रमा पर्ने भगतपुर ब्यारेक–उल्टाखाम सडकखण्ड भएर आवतजावत गर्ने किशोरी र युवतीलाई जिस्काउन थालेको गुनासो आएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० श्यामसिंह चौधरीले बाटोमा हिड्ने क्रममा प्लस टुमा अध्ययनरत युवतीलाई जिस्काएको गुनासो आएको र सो विषयमा अनुसन्धान भइरहेको जानकारी दिए । ‘हामी कहाँ दिलिप विष्टले जिस्कायो भनेर ती युवतीका अभिभावक आउनुभएको थियो,’ एसपी चौधरीले अनलाइनखबरसँग भने, ‘यो कुरालाई गम्भीर रुपमा लिएर अनुसन्धान गर्ने काम गरिरहेका छौं ।’

युवती जिस्काएको भन्ने गुनासोका आधारमा आरोपीत दिलिप विष्टसँग सोधपुछ गर्ने काम भएरनभएको प्रहरीले खुलाएको छैन, तर यही विषयलाई लिएर विष्टलाई नियन्त्रण लिने काम नगरिएको एसपी चौधरी बताउँछन् । चार वर्षअघि बलात्कारपछि निर्मलाको हत्या आरोपमा पक्राउ परेर छुटेका विष्टले सोही आसपासमा हिड्ने किशोरी तथा युवतीहरुलाई जिस्काउन थालेपछि अभिभावक त्रसित भएका छन् भने किशोरी तथा बालिकाहरुले असुरक्षा महसुस गर्न थालेका छन् ।

दिलिपको पुरानो रेकर्ड एकदमै खराब छ भन्ने जानिबुझी उनलाई कारबाही चलाउन अग्रसरता लिइएको छैन । प्रहरीसँगको बयानका क्रममा विष्टले निर्मलाको आफूले बलात्कारपछि हत्या गरेको स्वीकार गरेको दाबी गरिएको थियो । मानसिक सन्तुलन ठीक नभएका विष्ट यसअघि आफ्नै भिनाजुको हत्या अभियोगमा जेल परेर छुटेका थिए ।

निर्मला प्रकरणमा प्रहरीले मानसिक सन्तुलन ठीक नभएका विष्टलाई पक्राउ गरेर वास्तविक दोषीलाई उन्मुक्ति दिन खोजेको भन्दै कञ्चनपुरमा आन्दोलन समेत चर्किएको थियो । सो क्रममा आन्दोलनले हिंसात्मक रुप लिंदा प्रहरीले चलाएको गोली लागेर ८ भदौमा स्थानीय १५ वर्षीय सन्नी खुन्नाको मृत्यु भएको थियो भने केही प्रदर्शनकारी र सुरक्षाकर्मी समेत घाइते भएका थिए । कञ्चनपुर प्रहरीले अनुसन्धानमा लापरबाही गरेको, प्रमाण नष्ट गरेका जस्ता आरोपमा तत्कालीन प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज बिष्ट र वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जगदिशप्रसाद भट्ट बर्खास्तसमेत भए ।

गृह मन्त्रालयले अनुसन्धानमा खटिएका सीआईबीका तत्कालीन डीएसपी अंगुर जिसी, जिल्ला प्रहरी कार्यालयका तत्कालीन डीएएसपी ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक एकेन्द्र खड्का, प्रहरी नायब निरीक्षक रामसिंह धामी, हरिसिंह धामी र प्रहरी जवान चाँदनी साउँदलाई पनि निलम्बन गरेको थियो । तर पछि उनीहरुले प्रमाण नष्ट गरेको तथा याचना दिएको मुद्दामा अदालतबाट सफाइ पाएपछि अहिले निलम्बन फुकुवा भइसकेको छ ।

निर्मला प्रकरणमा के गर्दैछ प्रहरी ?

घटना भएको चार वर्ष बित्दा समेत दोषीको पहिचान हुन नसकेको निर्मला हत्या प्रकरणको अनुसन्धान निरन्तर भइरहेको कञ्चनपुर प्रहरी बताउँछ । घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को टोली समेत विगत चार वर्षदेखि कञ्चनपुरमै छ ।

कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक९एसपी० श्याम चौधरी घटनाको अनुसन्धान जारी रहेको बताउँछन् । यद्यपी अहिलेसम्म ठोस उपलब्धी हाँसिल गर्न सकिएको अवस्था भने छैन । प्रहरीले शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने काम निरन्तर भइरहेको जनाएको छ ।

अहिलेसम्म शंकास्पद १०४ जनाको डीएनए परीक्षण गरेको प्रहरीले पछिल्लो ६ महिनामा मात्र थप तीन जनाको डीएनए परीक्षणका लागि पठाएको छ, तर हालसम्म रिर्पोट प्राप्त भएको छैन । कतिपय व्यक्तिलाई बोलाएको बेला हाजिर हुने शर्तमा छाड्ने गरेको कञ्चनपुर प्रहरी बताउँछ ।

  • निर्मला
सोमबार, साउन २३, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.