काठमाडौं- प्रहरीले पर्साबाट गाडीसहित गाँजा बरामद गरेको छ। प्रहरीले वीरगञ्ज महानगरपालिका-२४ बाट १४४ किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार मंगलबार बहुअरी चोकमा यूपी ७५ एम ४०८९ नम्बरको भारतीय ट्रक रोकी राखिएको थियो। उक्त गाडी शंका लागि जाँच गर्दा गस्ती प्रहरी टोलीले उक्त परिमाणमा गाँजा फेला पारेको प्रहरीले जनाएको छ। प्रहरीले बरामद गाँजा र ट्रक जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको जनाएको छ।













