• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, भदौ २९, २०८३
☰
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ६. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ९. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

मकैखेतीमा किसानको आकर्षण बढ्दो

  •   शुक्रबार, चैत ०९, २०८० मा प्रकाशित

टीकापुर– पछिल्लो समय कैलालीका किसान मकैखेतीमा आकर्षित हुन थालेका छन् । तोरी बाली टिपेपछि तेस्रो बालीका रूपमा यस क्षेत्रका किसानले मकै खेती गर्ने गरेका हुन् ।

मकैखेती खाद्यान्नका साथै बस्तुभाउलाई दाना र घाँसका रूपमा प्रयोग गर्न सकिने भएकाले किसानको रोजाइमा पर्न थालेको स्थानीय बताउँछन् । सिँचाइ सुविधा भएका ठाउँका अधिकांश किसानले मकैखेती गरिरहेका छन् ।

यस वर्ष टीकापुर र जानकीका एक सय १५ किसानलाई मकैखेतीका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यान्वयन इकाइले सहयोग गरेको छ । यसबाहेक आफ्नै लगानीमा खेती गर्ने किसानको सङ्ख्या पनि बढिरहेको इकाइ कार्यालयले जनाएको छ ।

टीकापुरका परम रेग्मीले पाँच कट्ठा जमिनमा खेती गरेका छन् । दुईवटा भैँसी पालेका परमलाई मकै खेती गर्दा पशुपालनमा सहज भएको छ । ‘तोरीपछि मकै लगाएको छु । बारीबाट भैँसीका लागि घाँस, दानाको समेत जोहो भइरहेको छ’, उनले भने, ‘बचेको मकै बिक्री हुन्छ । अब गर्मी मौसममा हरियो घोगा बारीबाटै बिक्री हुन्छ ।’

मकैको बजार सहज, खाना तथा पशुका दाना बनाउन, हरियो घोगा बेचेर नगद आम्दानी गर्न सकिने भएकाले किसानको रोजाइमा पर्न थालेको इकाइका वरिष्ठ बाली विकास अधिकृत कमल तामाङले बताए । ‘दानाका रूपमा पशुलाई खुवाउन अत्यधिक प्रयोग हुन थालेको छ’, उनले भने, ‘पहिला रु २० देखि रु २५ मा बिक्री हुनेमा अहिले रु ३५ देखि रु ४० सम्म पर्छ ।’

यस वर्ष रानी जमरा कुलरिया सिँचाइ आयोजनाको सहयोगमा एक सय तीन हेक्टर जमिनमा मकै खेती भइरहेको छ । बाह्र हेक्टरमा हाइब्रिड जातको र ९१ हेक्टरमा वसन्ते जातको मकै खेती गरिएको इकाइका बाली विकास अधिकृत तामाङले बताए । प्रतिकिसानले न्यूनतम १५ कट्ठादेखि छ हेक्टरसम्म खेती गरेका उनले जानकारी दिए ।

‘दुई बाली स्याहारिसकेपछि मकैखेतीमा किसान लागिरहेका छन्’, तामाङले भने, ‘उत्पादित मकै बिक्रीका लागि बजारको अभाव छैन । भारतमा समेत निर्यात हुने भएकाले किसान आकर्षित हुन थालेका छन् ।’

मकैखेती गर्नका लागि किसानलाई आयोजना कार्यालयले बीउ, पोषक तत्व र यान्त्रिकीकरणमा सहयोग गरिरहेको बाली विकास अधिकृत तामाङले जानकारी दिए । बीउ रोप्ने मेसिन (प्लान्टर), गोड्मेल गर्ने मिनी टिलर र दाना छोडाउने मेसिन सहयोग गरिएको उनले बताए ।

‘उत्पादन प्रयोजनार्थ प्रयोग हुने सामग्री तथा आवश्यक उपकरण, परामर्शलगायत सहयोग गरिरहेका छौँ’, उनले भने, ‘किसानको मागअनुसार मकै गोडमेल गर्ने मिनी टिलर उपलब्ध गराउँदै आएका छौँ ।’ राम्रो आम्दानी हुने भएकाले किसानले अनुदान सहयोग र आफ्नै लगानीमा अरुण, रामपुर कम्पोजित, राजकुमार पाइनेरियमलगायत जातका मकैखेती गर्ने गरेका छन् । रासस

 

  • आकर्षण बढ्दो
शुक्रबार, चैत ०९, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला
रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय
तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ
भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
भन्सार छलीका सामान नियन्त्रणमा

समाचार

सबै

मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ६.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.