कैलाली- कैलालीमा इलाका प्रहरी कार्यालय मालाखेतीले गाँजा फडानी गरेको छ । हिजो सोमबार इलाका प्रहरी कार्यालयका प्रहरीले गोदावरी नगरपालिका – ३ चौकीडाँडा क्षेत्रमा उम्रिएको गाँजा फडानी गरेको हो ।
गाँजा फडानीमा अस्थाई प्रहरी पोष्ट चौकीडाँडा र कैलालीका ईन्चार्ज प्रहरी सहायक निरिक्षक योगेन्द्र कुमार बोहराको कमाण्डमा प्रहरी टोली खटीएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । प्रहरीले स्थानीय संगको समन्वयमा सडकको छेउछाउमा अबैध तथा आफै उम्रेको गाँजा फडानी गरेको जनाएको छ ।













