• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

जनपक्षीय पत्रकारका आदर्श

  •   सोमबार, जेठ २१, २०८१ मा प्रकाशित

महेश्वर दाहाल
कृष्ण सेन इच्छुक क्रान्तिकारी पत्रकारिताको वैचारिक र साङ्गठनिक आधार स्तम्भ हुनुहुन्थ्यो । स्पष्ट विचार, निष्ठा र अदम्य साहसका साथ बलिदान दिनुभएका इच्छुकको नाम आदर र उच्च सम्मानका साथ लिइन्छ । इच्छुक जति बाँच्नुभयो, निष्ठापूर्ण जीवन बाँच्नुभयो । आफूलाई गौरवपूर्ण बलिवेदीमा इमानदारपूर्वक समर्पण गर्नुभयो । कथनीलाई इमानदारपूर्वक व्यवहारमा पनि प्रमाणित गर्न सक्यो, तुच्छ स्वार्थलाई सचेत प्रयत्नबाट सर्वथा त्याज्य ठान्यो । तमाम चुनौतीलाई आदर्शको शृङ्खला खडा गर्दै ललका¥यो, यस्ता अजम्बरी योद्धा इच्छुकको स्मरण जनपक्षीय पत्रकारका लागि औपचारिकता मात्र होइन ।

मान्छे गुमाउनुको पीडा उसैले मात्र महसुस गर्न सक्छ, जसले आफन्त गुमाएको हुन्छ । इच्छुकको शहादत त्यस्तै बन्यो । हामी सबैले आफन्त र अभिभावक गुमाएको महसुस ग¥यौँ । मृत्यु त जीवनको शाश्वत सत्य नै हो । ढिलो वा चाँडो मृत्युको सामना सबैले गर्नै पर्छ तर जीवनलाई आदर्शमय जिउने र मृत्युलाई पनि आदर्शमय बनाउने इच्छुकप्रति सादर नमन ।

पत्यार नलागी नलागी, आँसु बहाउँदै इच्छुकलाई अलबिदा भनेको पनि २२ वर्ष बितेछ । भारतीय पत्रकार, साहित्यकार र बुद्धिजीवीसँग जनादेशको प्रकाशनका लागि अन्तर्क्रिया र अभिमत लिँदै गर्दा राम कार्कीसहित पङ्क्तिकारलाई दिल्लीमा गिरफ्तार गरी नेपालमा सुपुर्दगी गरिएको ठिक अगाडि इच्छुकको हत्या भएको सार्वजनिक भएको थियो ।

पङ्क्तिकारका लागि व्यक्तिगत रूपमा इच्छुक दुई वटा भूमिकामा हुनुहुन्थ्यो–एउटा नेता र दोस्रो अभिभावक । उहाँ मेरो आमाले नजन्माएको दाजुसमान हुनुहुन्थ्यो । सिन्धुली घरबाट काठमाडौँ क्याम्पस पढ्न आउँदा हिँड्ने बेलामा मेरा पिताजीले इच्छुकलाई सम्बोधन गरेर पत्र लेखिदिनुभएको थियो । त्यतिखेर अहिले जस्तो सञ्चार सुविधा थिएन । काठमाडौँ आएको केही महिनापछि मात्रै उहाँसँग मेरो भेट भयो । जुन दिन मैले उहाँलाई विद्यार्थीको सम्पर्क हुने घण्टाघरमुनि भेटेँ ।

कृष्ण सेन विद्यार्थी आन्दोलनमा सुपरिचित नाम थियो । काठमाडौँको सार्वजनिक भित्तामा उहाँको रिहाइका लागि लेखिएका अक्षर मेटिएका थिएनन् । उहाँसँगको सम्पर्कसँगै म पनि काठमाडौँमा विद्यार्थी आन्दोलनमा सङ्गठित भएँ । निरङ्कुश पञ्चायतको आखिरी समयमा संयुक्त विद्यार्थी आन्दोलनका क्रममा उहाँसहित सूर्यप्रकाश सुवेदी पथिक, ईश्वरचन्द्र ज्ञवाली, हरि रोकालगायत हामी थुप्रै गिरफ्तार भयौँ । हिरासत र जेलमा झन्डै १० महिनाजति सँगै बस्यौँ । जेलमा बस्दा उहाँसँगको घनिष्ठता झन् बढ्यो । सानै उमेरमा जेलमा बस्दा पनि उहाँको आदर्श नेतृत्व र अभिभावकत्वले मलाई आन्दोलनमा लागिरहन र कठिनाइको सामना गरिरहन उत्प्रेरणा जगायो । वर्ग पक्षधरता र आन्दोलनमा होमिन मार्गदर्शन ग¥यो ।

वैचारिक र साङ्गठनिक मात्र होइन, व्यक्तिगत रूपमा पनि मेरो परिवारसँग उहाँको गहिरो सम्बन्ध थियो । व्यवहारतः हामी एकै परिवारका सदस्य थियौँ । त्यो बेलामा प्रायः पार्टीका नेता तथा कार्यकर्ताको वरियता हुँदैन थियो । व्यक्तिगत स्वार्थ सिद्ध गर्नका लागि सम्बन्ध बन्दैनथ्यो । त्याग र बलिदानका लागि प्रतिस्पर्धा हुन्थ्यो । पद र सुविधाका लागि प्रतिस्पर्धा हुँदैन थियो । उहाँले मेरा दिदीबहिनीको हातबाट वर्षौं टीका लगाउनुभयो । यसरी उहाँ ठुलदाइको भूमिकामा रहनुभयो ।

जेलबाट निस्केपछि लेखनबाट आन्दोलनगामी भूमिका खेल्ने प्रस्ताव उहाँले पार्टीमा राखेपछि ‘योजना साप्ताहिक’ सम्पादनको जिम्मेवारी उहाँले पाउनुभयो । त्यतिबेला योजना साप्ताहिक नेकपा ९मशाल० को अघोषित मुखपत्र थियो । त्यसको वैचारिक तथा व्यवस्थापकीय जिम्मेवारीमा भक्तबहादुर श्रेष्ठ र ईश्वरीप्रसाद दाहाल हुनुहुन्थ्यो । सम्पादनको मुख्य भूमिकामा वरिष्ठ पत्रकार शक्ति लम्साल हुनुहुन्थ्यो । सुरेश आले मगर, बाबुराजा महर्जन, यदु गौतम, कुमार दाहालहरू पहिलेदेखि नै त्यहाँ कार्यरत हुनुहुन्थ्यो । उहाँले मलाई पनि ‘योजना साप्ताहिक’ मा जोड्नुभयो ।

योजना साप्ताहिकमाथि शासकको ठुलो प्रहार थियो । अञ्चलाधीश कार्यालयबाट कडा सेन्सरसिप लगाइएको थियो । फलामको अक्षरबाट ‘कम्पोज’ हुने त्यो बेला अञ्चलाधीश कार्यालयका अधिकारीको ‘सेन्सर’ का कारण पत्रिका बजारमा पुग्दा चाल्नो जस्तो हुन्थ्यो । पत्रिकामाथि निरन्तरको शासकको निगरानी र आक्रमण तथा पार्टीबाट पनि व्यवस्थापन गर्न कठिनाइ भएपछि पत्रिकालाई निरन्तरता दिन कठिन भयो ।

बहुदलीय व्यवस्थाको स्थापनाको केही समयपछि नेकपा ९मशाल०, चौथो महाधिवेशन र सर्वहारावादी श्रमिक सङ्गठनबिचमा पार्टी एकताका लागि एकता संयोजन समिति बन्यो । मोहनबिक्रम सिंहले नेतृत्व गर्नुभएको तत्कालीन पातलो मसालबाट हरिबोल गजुरेल, बाबुराम भट्टराईलगायतले विद्रोह गर्नुभयो । नेकपा ९एकताकेन्द्र० बन्यो । बाबुराम भट्टराईको पहलमा जनादेश साप्ताहिक दर्ता र सञ्चालन भयो । एकता महाधिवेशनमा केन्द्रीय सदस्यभन्दा लेखनबाट नै आन्दोलनमा सहयोग गर्ने इच्छा इच्छुकले व्यक्त गर्नुभएका कारण उहाँ जनादेशको नेतृत्वकर्ता बन्नुभयो । उहाँले जनादेशमा मलाई पनि जोड्नुभयो । साहित्य लेखन र पार्टी आन्दोलनमा उहाँ निकै पहिलादेखि भए पनि पत्रकारितामा हामी सँगसँगै लागेका हौँ ।

 

कृष्ण सेन इच्छुक, महेश्वर दाहाल र सूर्यप्रकाश सुवेदी

सुरुवातमा हामीले गरेको पत्रकारिताभन्दा अहिलेको पत्रकारिता निकै फरक छ । २०३६ सालको आन्दोलनपछि मिडियाहरू निरङ्कश पञ्चायती व्यवस्थाका बाबजुद विविधतायुक्त थिए । भलै त्यतिबेला राज्यको कडा सेन्सरसिप थियो । ०४६ सालको जनआन्दोलनपछि केही वर्षसम्म मिडियाहरू साँच्चै फस्टाएका थिए । तिनीहरूले राजनीति, सामाजिक तथा आर्थिक जीवनका विभिन्न पक्षलाई उजागर गर्ने, बहस गर्ने गर्दथे । ती विभिन्न राजनीतिक पार्टीहरूको विचारसँग निकट थिए । कोही दक्षिणपन्थी, कोही यथास्थितिवादी तथा कोही वामपन्थी विचारसँग निर्देशित भएर प्रकाशित हुन्थे । ती पत्रिका पार्टीका विचार, राजनीति, आर्थिक तथा सांस्कृतिक विषयमा तीव्र बहस गर्ने माध्यम थिए ।

सन् १९९० को दशकपछि विश्वको अर्थतन्त्र नवउदारवादी बजार व्यवस्थामा तीव्र रूपमा मोडियो । नेपालमा पनि त्यसको हावा र प्रभाव बढ्दै गयो । मिडियामा अवसर देखेर ठुला लगानी भए । बिस्तारै पार्टीनिकट र मुद्दा केन्द्रित मिडिया कमजोर हुँदै गए । मिडियालाई सामाजिक सेवाको माध्यम नभई व्यापार उद्योगका रूपमा परिणत गर्दै लगियो । आर्थिक लाभ लिने एक मात्र उद्देश्यले मिडिया चलाइए ।

सन् ९० को दशकमा नेपालमा बहुदलीय व्यवस्था पुनस्र्थापना भइरहँदा बर्लिनको पर्खाल भत्कियो । सोभियत सङ्घ विघटन भयो । शीतयुद्ध समाप्त भयो । कम्युनिस्ट मोडेल असफल भयो भनियो । त्यसपछि फ्रान्सिस फुकुमायाले ‘इतिहासको अन्त्य’ भयो भने । यसको अर्थ खुलाबजार तथा बहुदलीय लोकतन्त्र अब मानवजातिको अन्तिम गन्तव्य हो भन्न थालियो । स्यामुअल हन्टिङ्गटनले पनि विचारधाराको अन्त्य र सभ्यताको द्वन्द्व सुरुवात भयो भने । अबको संसारमा द्वन्द्वको आधारभूत स्रोत विचार अर्थतन्त्र नभएर मानव जातिको विभाजन एवं सांस्कृतिक तथा सभ्यता हो भन्ने मान्यता उनले ल्याए ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नेपालमा भने नेपाल कम्युनिस्ट पार्टी ९माओवादी० ले जनयुद्धको तयारी र थालनी गरेको थियो । योसँगै जनपक्षीय पत्रकारिता सशक्त नै थियो । इच्छुकको बलिदानको समयसम्म पनि क्रान्तिकारी पत्रकारिता प्रभावकारी थियो । विज्ञापन तथा मूल्यवृद्धिले विविधतायुक्त विचार प्रधान मिडिया बिस्तारै बिस्तारै सीमान्तकृत हुँदै गए पनि इच्छुक जस्ता प्रखर वैचारिक व्यक्तिको नेतृत्व तथा जनयुद्धको राप र तापले जनादेशको लोकप्रियता भने लोभलाग्दो थियो ।

इच्छुक वैचारिक, अर्थराजनीतिक, समाज न्यायिक, भुइँमान्छेको मुद्दामा जोड दिनुहुन्थ्यो । महान् साहित्यकार लु सुनसँग बढी प्रभावित हुनुहुन्थ्यो । पदलाई भन्दा विचार, निष्ठा र सङ्घर्षलाई प्राथमिकता दिनुहुन्थ्यो । उहाँ निरन्तर भन्नुहुन्थ्यो, “हामी पत्रकारितामा लोकप्रिय हुनका लागि आएका होइनौँ । हामी उत्पीडित वर्ग र समुदायको पक्षमा लेख्न र उनीहरूको स्थिति सुधार्न आएका हौँ । मानसिक सन्तुलन गुमाएको सेनालाई बन्दुक दिएमा त्यसले पार्ने क्षति र एउटा अनियन्त्रित र अराजक कलमले पार्ने क्षति उस्तै हुन सक्छ ।”

मिडिया प्रगतिशील सामाजिक परिवर्तनको शक्ति हुनुपर्ने उहाँको मान्यता थियो । पत्रकारितालाई कवितासँग जोड्दै उहाँ भन्ने गर्नुहुन्थ्यो– यसको सम्बन्ध घटनासँग मात्र नभएर भावनाको काव्यसँग हुन्छ, पत्रकारिता पनि जनताले महसुस गर्ने जीवन्त कविता हुनु पर्छ ।

आज जनपक्षीय पत्रकारिता बत्ती बालेर खोज्नुपर्ने अवस्थामा छ । इच्छुकले भनेको र गरेको पत्रकारिता नेपालमा लगभग छैन । इच्छुक हुँदै कम्प्युटर, इन्टरनेट, दूरसञ्चार, स्याटलाइट आदिको विकासले सूचना स्रोतमा आमजनताको पहुँच कायम भएकै हो । नयाँ प्रविधिको विकासले माओवादी जनयुद्धकालमा सूचना तथा विचारको सम्प्रेषणमा पनि राम्रो भूमिका खेलेको हो । इन्टरनेटले राजनीतिक, सामाजिक तथा सांस्कृतिक, आर्थिक समस्याका धेरै प्लेटफर्म खोल्यो तर सूचना तथा सञ्चार पुँजीवादको विश्वव्यापी हस्तक्षेपकारी भूमिकाले यो शक्तिका रूपमा, कृत्रिम बौद्धिकता ९आर्टिफिसिअल इन्टेलिजेन्स० को रूपमा आएको छ । डिजिटल एकीकरणले निम्त्याउने समस्यालाई थेग्न नसक्ने अवस्था सिर्जना भइसकेको छ ।

फेसबुक, गुगल, ट्विटर, टिकटक र अन्य सामाजिक सञ्जाल कम्पनीहरूको वर्चस्वको लडाइँ चलेको छ । ती सबैले साना तथा सामरिक रूपमा कमजोर देशका संस्कृति, सभ्यता र लोकतन्त्रलाई कमजोर बनाइरहेका छन् । नाफा कमाउने, लोकतन्त्रको अवमूल्यन गर्ने, व्यक्तिको स्वतन्त्रतामाथि आक्रमण गर्ने, सामाजिक सुरक्षाको अवमूल्यन गर्ने, ‘फेक न्युज’ फैलाउने सामाजिक दङ्गाका लागि घिउ थप्ने, बालबालिकाको सुरक्षामा खतरा थप्ने जस्ता विकृति प्रतिदिन बढिरहेको छ । डिजिटल एकीकरण नयाँ बजारको विस्तार गरी संसारका सबै मानिसमा जोडिएको छ । चुनावमा समेत आफ्नो अनुकूलको प्रभाव छोड्न थालेको छ । विश्वलाई औद्योगिक औपनिवेशिक युगबाट डिजिटल औपनिवेशिक युगतिर डोहो¥याइएको छ । जनतालाई भ्रमित पारिएको छ ।

जनतालाई सूचनाको स्वतन्त्र छनोट र विश्लेषणको स्तरमा लैजान नसक्ने हो भने हाम्रो जस्तो देश ठुलठुला राजनीतिक दुर्घटनामा पर्ने खतरा छ । यसले विविधतायुक्त समाज तथा संस्कृति निर्माणको प्रक्रियामा अवरोध सिर्जना गरिरहेको छ । सूचना तथा प्रविधिमा मानिसको पहुँच त धेरै छ । राजनीतिक ध्रुवीकरण र प्रविधिको विकासको संयोजनले घृणायुक्त भाषण, अपुष्ट समाचार तथा गलत अवधारणाको प्रसारलाई निर्बाध प्रोत्साहन गरिरहेको छ । मानिसको स्वतन्त्रतालाई बिस्तारै ‘सेल्फसेन्सरसिप’ को अवस्थामा धकेलिरहेको छ । जनहितकारी वास्तविक सूचना ओझेलमा परिरहेका छन् । मिडियामा उदारीकरणले साना लगानीका कतिपय मिडियासमेत अस्तित्व धान्नका लागि अभिजात वर्गलाई सशक्तीकरण गर्ने माध्यम बन्न बाध्य भइरहेका छन् ।

इच्छुकले पत्रकारिता गरेको समयमा भन्दा सूचना प्रविधिको विकासले स्रोत र सूचनामा आमजनताको पहुँच भए पनि आजको पत्रकारिता अझ कठिन अवस्थाबाट गुज्रिरहेको छ । लोकतन्त्र र समाजमा यसले खेल्ने भूमिका बदलिएको छ । कुन समाचार झुटो र कुन सत्य हो भन्ने छुट्याउन आमजनतालाई कठिन भएको छ । कुन जनपक्षीय र कुन नाफामुखी, पत्रकारितालाई पनि अलग गर्नै नसकिने अवस्थामा छ । आमजनतासँग सम्बन्धित वास्तविक सामाजिक र आर्थिक विषयलाई सीमान्तीकृत गरी सतही विषयले मान्छेको दिमागलाई कब्जा गरिएको छ । लोकप्रियताको होडबाजीमा वैज्ञानिक सोचलाई प्रोत्साहित गर्नुको सट्टा आफूतिर ध्यान आकर्षित गर्न झुट र कुतर्कको सहारा लिने क्रम बढेको छ । हिजो परम्परागत मिडियाले प्रायः अपनाउने कुनै पनि सूचना, वस्तुनिष्ठता, सन्तुलन र तथ्यात्मकता जस्ता आधारभूत सिद्धान्तहरू आजका मिडियाले छाड्दै गएको अवस्था छ । तथ्य र काल्पनिकता बिचको भिन्नताको रेखा मेटिँदै गएको छ । सूचनाको महासागर त सिर्जना भएको छ तर त्यसको छनोट र स्वतन्त्र विश्लेषण गर्ने पाठक, श्रोता नहुँदा, त्यसलाई विश्लेषण गर्ने जनपक्षीय मिडिया नहुँदा प्रगतिशील मुद्दा कमजोर भएको छ ।

हो, यतिबेला समय र परिस्थिति फरक छ । साङ्गठनिक रूपमा हामी व्यापक छौँ । सञ्चार र प्रविधिको विकासले हामी फरक परिवेशमा छौँ तर त्यतिबेलालाई सम्झँदा एउटा प्रश्न जबर्जस्त उठ्छ– के समय, परिस्थिति र परिवेश बदलिएको भनेर हामी इच्छुकहरूका आदर्शलाई भुल्न सक्छौँ रु हिजो गरेका सङ्कल्पलाई चटक्क छाड्न सक्छौँ रु यी प्रश्नको उत्तर खोज्न अब ढिला गर्नुहुन्न । हामीले इच्छुक र समाजका लागि बलिदान दिनेहरूको सपना पूरा गर्न फेरि नयाँ अठोट र सङ्कल्प गर्नै पर्छ । गोरखापत्रबाट

कृष्णसेन ईच्छुक,
महेश्वर दाहाल
र सुर्य प्रकाशसुबेदी

  • जनपक्षीय पत्रकारका आदर्श
सोमबार, जेठ २१, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
यस्तो छ आजको मौसम पूर्वानुमान
सुदूरपश्चिम प्रदेश: बजेट शून्यतासँगै प्रदेश सभा पनि शून्य
बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय
कैलारी आधारभूत अस्पतालमा एक महिनामै १ हजार २ सय बिरामीले लिए सेवा

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.