• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज ०९, २०८३
☰
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ४ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ६. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ७. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ८. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ९. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • १०. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

बजेट अभावले हुलाकी सडकको काम प्रभावित

  •   आइतबार, जेठ २७, २०८१ मा प्रकाशित

भजनी- हुलाकी राजमार्गअन्तर्गत निर्माण भइरहेका सडकमा बजेट अभाव भएको छ । कैलालीमा सञ्चालन भइरहेको लम्की–टीकापुर–खक्रौला सडकखण्ड र टीकापुर नगरपालिकाको सत्तीबाट धनगढीसम्म सडकको काम चलिरहेको छ । आयोजनाले पर्याप्त बजेट नहुँदा कामको मूल्याङ्कनका आधारमा निर्माण कम्पनीलाई भुक्तानी गर्न सकेको छैन ।

लम्की–टीकापुर–खक्रौला सडक निर्माण तीन चरणमा सुरु भएकामा पहिलो चरणको काम गत वर्ष सम्पन्न भइसकेको छ । दोस्रो र तेस्रो चरणको काम चालु छ । उता सत्ती–धनगढी सडकको काम चार चरणमा सुरु गरिएकामा त्यहाँ पनि पहिलो चरणको सम्पन्न भइसकेको छ भने दोस्रो चरणको काम सम्पन्न हुने अवस्थामा रहेको हुलाकी राजमार्ग आयोजना कार्यालय कैलालीका सूचना अधिकारी बक्र कठायतले बताए ।

“यस वर्ष २९ करोड बजेट आएको थियो, त्यो सकिएपछि बजेट माग गर्दा रु १० करोड आयो, असारसम्म निर्माण कम्पनीको कामको मूल्याङ्कनका आधारमा ३० देखि ३५ करोड भुक्तानी गर्नुपर्ने देखिन्छ”, उनी भन्छन्, “भएको बजेट सकिएपछि माग गरेको बजेट आएन भने निर्माण कम्पनीलाई भुक्तानी गर्न सकिने स्थिति छैन ।”

उनले अहिले पनि निर्माण कम्पनीले पेस गरेको करिब २३ करोडको बिल भर्पाइको भुक्तानी बजेट नहुँदा रोकिएको बताए । जानकी गाउँपालिकाको पथरैयाबाट टीकापुर नगरपालिकाको अस्नेहरीसम्मको सडक निर्माणको जिम्मा पाएको कृष्ण खड्का जेभीले बजेट सुनिश्चितता नहुँदा काम प्रभावित हुनसक्ने बताएको छ ।

यसै वर्ष सडक कालोपत्र सुरु गरेको निर्माण कम्पनीले दुई लेन सडकको प्रायः काम सकेको छ । केही स्थानमा स्थानीयको अवरोधका कारण काम हुन नसकेको निर्माण कम्पनीका साइड इन्चार्ज केशव डिसीले बताए ।

“दुई लेन सडकको काम प्रायः सकिएको छ । बाँकी तीन किलोमिटर चार लेन सडकमा पनि टीकापुर बजार क्षेत्रमा कालोपत्रको काम सुरु गरेका छौँ”, उनी भन्छन्, “बजेटको सुनिश्चितता आयोजनाले गर्न नसक्दा काम बीचमै रोक्नुपर्ने देखिएको छ ।”

काम भइरहेको क्षेत्रमा असार मसान्तसम्म सडक कालोपत्र गर्न सकिने समय भए पनि भएको बजेट सकिँदा र आयोजनाबाट भुक्तानी नहुँदा काम अगाडि बढाउन नसकिने अवस्था रहेको उनले बताए ।

उनले भने, “हामी पनि जतिसक्दो छिटो काम सम्पन्न होस् भन्नेमा छौँ, पैसा नहुँदा निर्माण सामग्री कसैले नपत्याउने भएपछि काम अगाडि बढाउन गाह्रो छ ।” ४० करोड ९९ लाखमा ठेक्का सम्झौता भएको कृष्ण खड्का जेभीले हालसम्म ७० प्रतिशत काम सम्पन्न गरेको छ । आयोजनाको म्याद आगामी असोजसम्म छ ।

त्यस्तै टीकापुर नगरपालिका अस्नेहरीबाट खक्रौलासम्मको सडक निर्माणको जिम्मा पाएको गाल्वा रायमाझी जगदम्बा जेभीले पनि सडक कालोपत्र सुरु गरेको छ । सो क्षेत्रमा तुलनात्मक रूपमा काम ४० प्रतिशतमात्रै भएको राजमार्ग आयोजना कार्यालयले जानकारी दिएको छ ।

एघार किलोमिटर सडक कालोपत्रको जिम्मा पाएको निर्माण कम्पनीले पुससम्म काम सक्ने सम्झौता रहेको निर्माण कम्पनीका ओभरसियर मनिष भण्डारी बताउँछन् । कालोपत्रका लागि ३६ करोडमा सम्झौता भएको छ । भुक्तानीमा समस्या हुँदा काम अगाडि बढाउन नसकिएको उनको गुनासो छ ।

सत्तीबाट धनगढीसम्मको सडक पनि चार खण्डमा ठेक्का लगाइएको थियो । चारै खण्डको ठेक्का पाएको स्वच्छन्द जोशी जेभीले पहिलो खण्डको काम सम्पन्न गरेर दोस्रो खण्डको पनि अन्तिम चरणमा पुर्याउँदा तेस्रो र चौथो चरणको कामको प्रगति ३० देखि ४० प्रतिशतमै सीमित छ । सो निर्माण कम्पनीले तेस्रो चरणको काम आगामी मङ्सिरमा र चौथो चरणको काम यहीँ असारभित्र सम्पन्न गर्नुपर्ने हुन्छ ।

कम्पनीका प्रबन्धक गणेशदत्त जोशीका अनुसार चालु आवमा कामको भुक्तानी नै नपाएको गुनासो गरे । “सबै कामको झण्डै रु १३ करोडको बिल भर्पाइ आयोजना कार्यालयमा छ, हालसम्म करिब रु दुई करोडमात्रै भुक्तानी पाएका छौँ”, उनी भन्छन्, “अब असारसम्म जेनतेन काम गर्छौं, आशा छ असारमा बाँकी भुक्तानी भएर साउनदेखि पुनः काम गर्ने वातावरण बन्छ भन्ने छ, होइन भने काम बन्द गर्नुपर्ने स्थिति आउन सक्छ ।” रासस

  • हुलाकी सडक
आइतबार, जेठ २७, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेटमा हुने बेथिति रोक्दै शीघ्र बजेट ल्याउने बिषयमा सर्वदलीय  सहमति
दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो
लामो दुरीका बस सेवा बन्द
सुदूरपश्चिममा लामो दूरीका बस सेवा बन्द
सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा
आज र भोलि कुन जिल्लामा कस्तो छ जोखिम ?

समाचार

सबै

बजेटमा हुने बेथिति रोक्दै शीघ्र बजेट ल्याउने बिषयमा सर्वदलीय  सहमति

दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो

लामो दुरीका बस सेवा बन्द

सुदूरपश्चिममा लामो दूरीका बस सेवा बन्द

बजेटमा हुने बेथिति रोक्दै शीघ्र बजेट ल्याउने बिषयमा सर्वदलीय  सहमति

दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो

लामो दुरीका बस सेवा बन्द

सुदूरपश्चिममा लामो दूरीका बस सेवा बन्द

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ४ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ६.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.