डोटी- जिल्लाको बोगटान फुड्सिल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१।८२ का लागि ४४ करोड २४ लाखको बजेट ल्याएको छ । सोमबार गाउँपालिकाको १६ औँ अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष विष्नादेवी बमले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।
आगामी आर्थिक वर्षका लागि गाउँपालिकाले ल्याएको बजेट गत वर्षको बजेट भन्दा ६७ लाख पाँच हजार ६ सयले बढी हो । चालु आर्थिक वर्षका लागि पालिकाले ४३ करोड ५६ लाख ९४ हजार चार सय बराबरको बजेट ल्याएको थियो । आर्थिक वर्ष ०८१।०८२ मा गाउँ कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूका निमित्त चालु खर्च, पुजिँगत खर्च, वित्तीय व्यवस्थाको रकम सहित बजेट प्रस्तुत गरिएको हो । वैशाख ६ गते कार्यपालिका बैठकले पास गरेको नीति तथा कार्यक्रम वैशाख ७ गते १५ औँ गाउँ सभामा पेस गरिएको थियो ।














