कैलाली ।अखिल नेपाल किसान महासंघ सुदुरपश्चिम प्रदेशले २१ औ रास्ट्रिय धान दिवस मनाएको छ ।
आज प्रदेशका सबै जिल्लामा किसानहरुका खेतमा गई महासंघले धान रोपेर दिवस मनायको हो।

बझाङ ,बाजुरा डोटि,दार्चुला,कैलाली कंचनपुर अछाम,डडेल्धुरा,बैतडी जिल्लाका बीभिन्न स्थानमा अखिल नेपाल किसान महासंघको आयोजनामा नेकपा एमालेका नेता कार्यकर्ता हरु जम्मा भै रास्ट्रिय धान दिवस मनाएको अखिल नेपाल किसान महासंघका सुदुरपश्चिम अध्यक्ष मदन राज रेग्मी ले निशाना न्युजलाई जानकारी दिए ।
नेकपा एमालेका पोलिटव्युरो सदस्य लिला भण्डारी र उद्योग बाणिज्य तथा आपुर्ती मन्त्री दामदोर भन्डारी को उपस्थितिमा धनगढी ८ को धनगढी गाउमा गई किसान बल ब चौधरीको खेतमा धान रोपेर दिवस मनाएको उनले बताए ।













