कैलाली । बेलौरी नगरपालिकामा ७९ जनाले रोजगार पाएका छन । प्रधानमन्त्री कार्यक्रम अन्र्तगत आर्थिक बर्ष २०८०÷८१ म उनीहरुले रोजगार पाएका हुन ।
नगरपालिकामा सुचिकृत ३७७ महिला र १३५ पुरुष मध्ये ७९ जना रोगारगारका लागी छनौट भएको रोजगार संयोजक नरेश प्रशाद भट्टले निशाना न्युजलाई जानकारी दिए ।
रोजगार पाएकाको तलबका लागी नेपाल सरकारबाट १७ लाख ५० हजार र बिश्व बैंकबाट श्रmण सहयोग २६ लाख ७२ हजार रकम आएको उनले बताए ।

रोजगार पाएका हरुले वडा बाट छनौट भएका योजना जस्तै सडक बिस्तार,सिचाई, कुलो मर्मत लगायतका क्षेत्रमा काम गर्नु पर्ने उनले बताए ।
त्यस्तै खानेपानि पाईपलाईन बिस्तार, प्रयटकिय स्थलको सरसफाई, मर्मत गर्नुपर्ने क्षेत्रहरुमा उनीहरुले काम गर्ने गरेको उनको भनाइ छ ।
एक सय दिन काम गर्नु पर्ने हुन्छ उनले भने दैनिक ज्याला भने एक प्रतिशत सामाजिक सुरक्षा कोषमा जम्मा गरी ६६८ रुपैया पाउने गरेको छ ।
एक ब्यतmी एकसय दिन काम गरे बाफत ६६ हजार ८ सय ज्याला पाउने गरेको उनले बताए ।













