धनगढी– सुदूरपश्चिम प्रदेश बझाङको विकट स्थानीय तह साइपाल गाउँपालिकामा बैंक शाखा विस्तार गर्ने बजेटमार्फत सरकारले घोषणा गरेको छ ।
साइपाल गाउँपालिकामा एभरेष्ट बैंकले शाखा विस्तार गर्ने अन्तिम तयारी गरेको छ । त्यसका लागि बैंकले आवश्यक प्रक्रिया पूरा गर्ने चरणमा रहेकोे बैंकका बैंकका उपमहाप्रबन्धक आशुतोष शर्माले बताए । छिट्टै शाखा विस्तार गर्न सकेमा साइपालमा बैंक शाखा विस्तार गर्ने एभरेष्ट नै पहिलो बैंक हुनेछ । राष्ट्र बैंकले २०७४ सालमै साइपाल गाउँपालिकामा बैंकिङ सेवा दिने जिम्मा एभरेष्ट बैंकलाई दिएको थियो । सडक, सञ्चार, सुरक्षालगायतका पूर्वाधार स्थानीय स्तरसम्म उपलब्ध नभएसम्म त्यहाँठ शाखा स्थापना गर्न नसक्ने भन्दै एभरेष्टले शाखा खोलेको थिएन । अब भने पूर्वाधार विस्तार हुँदै जाँदा बैंकले शाखा विस्तारका लागि सक्रियता बढाएको हो ।
आगामी आर्थिक वर्षको बजेटमा सरकारले साइपालमा बैंक शाखा पुर्याउने घोषणा गरेको छ ।ट साइपालबाहेक सबै स्थानीय तहमा बैंक शाखा पुगिसकेको छ । यस पटकको बजेटमा सरकारले साइपालमा बैंक शाखा विस्तार गर्ने योजना सार्वजनिक गरेकाले अब बैंक पुग्ने अपेक्षा गरिएको साइपाल गाउँपालिका प्रमुख मानविर बोहराले बताए । संघीयता लागु भएपछि हरेक पालिकामा बैंक तथा वित्तीय संस्थाको पहुँच पुगे पनि साइपाल गाउँपालिकामा पुगेको थिएन ।
आफ्नो पालिकामा बैंकको शाखा नहुँदा साइपालबासी करिब चार दिन पैदल यात्रा गर्दै सदरमुकाम चैनपुर पुगेर कारोबार गर्न बाध्य छन् ।ट साइपाल गाउँपालिकाका प्रतिनिधिले यसअघि आफ्नो गाउँपालिकामा शाखा विस्तार गर्न बैंकहरूलाई आग्रह गर्दै आए पनि सफल भइसकेको थिएन ।
बैंक स्थापना गर्न सकिने(नसकिनेबारे स्थलगत अध्ययन गर्न राष्ट्र बैंकका निर्देशक सत्येन्द्र तिमिल्सिनाको नेतृत्वमा उपनिर्देशक टीकाराम तिमिल्सिना, सहनिर्देशक उत्तम गौनी, एभरेष्ट बैंककाट उपमहाप्रबन्धक शर्मा र एभरेष्ट बैंककै बझाङ शाखा प्रमुख कुमार थिङसहितको टोली साइपालट गाउँपालिकाको केन्द्र काँडासम्म पुगेको थियो । सो टोलीले साइपालमा बैंक स्थापना गर्न सम्भवट भएको निष्कर्ष निकालेपछि यसतर्फ काम अगाडि बढाइएको हो । अहिले बैंकले साइपालमा शाखाका लागि आवश्यक पूर्वाधार बनाउनका लागि सामान लैजान सुरू गरिसकेको बताइएको छ ।
केही समयदेखि गाउँपालिका प्रमुख बोहराले बैंक शाखा विस्तारका लागि पहल गर्दै आएका थिए । एक साताअघि गभर्नर महाप्रसाद अधिकारीले पनि अब छिट्टै साइपालमा बैंकको शाखा विस्तार हुने आश्वासन दिएका थिए । त्यसपछि एभरेष्ट बैंकले साइपालमा बैंक विस्तारका लागि सक्रियताद्द देखाएको छ । केही समयमै साइपालमा एभरेष्टको बैंक पुग्ने अपेक्षा गरिएको गाउँपालिका प्रमुख बोहराले बताए । उनले भने, ‘संघ सरकारको बजेटमा नै साइपालमा बैंक शाखा विस्तार गरिने योजना आएको छ । सबै क्षेत्रको सक्रियतामा अब छिट्टै आफ्नै पालिकामा बैंकिङ कारोबार गर्न सक्छौं भन्ने आशा छ ।’
एभरेष्ट बैंकका उपमहाप्रबन्धक शर्माले शाखा विस्तारका लागि साइपालमा स्थलगत अवलोकन समेत गरिसकेको र अहिले आवश्यक प्रक्रिया पूरा गर्ने चरणमा रहेको बताए । साइपालमा अहिले पुराना घरहरू रुपान्तरण भएर नयाँ पक्की घर बन्ने क्रममा छन् । इन्टरनेटको पनि पहुँच पुगेकाले शाखा विस्तार गर्न पूर्वाधारहरू तयार भइरहेको उनले बताए । ‘पूर्वाधार बन्दै जाँदा शाखा विस्तार गर्न पनि सहज हुने हुन्छ । अहिले त्यहाँ विद्युतको केही समस्या रहेको देखियो, त्यो समस्या पनि पालिकाले हल गर्ने बताएको छ,’ शर्माले भने ।
अहिले सरकारी कारोबारघ स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन दिइसकेको उनले बताए । अब स्वीकृति प्राप्त भइसकेपछि शाखा विस्तारको कामले मूर्त रूप पाउने उनको भनाइ छ । साइपाल गाउँपालिका कार्यालय वडा नम्बरठ तीनमा रहेको छ । बैंकको शाखाट कार्यालय वडा नम्बर १ मा राख्ने तयारी भइरहेको अध्यक्ष बोहराले बताए ।
तीन हजारभन्दा बढी नागरिक साइपाल गाउँपालिकामा बसोबास गर्छन् । उनीहरूमध्ये करिब ७ सयले मात्रै विभिन्न कामको शिलशिलामा बैंक खाता खोलेका छन् । बैंकट शाखाठ गाउँपालिकामै हुँदा स्थानीयलाई धेरै सहज हुने र वित्तीय पहुँचमा पनि सबै नागरिक समेटिने बोहरा बताउँछन् । साइपालमा धेरै पुरुषले जाँडरक्सीमा पैसा खर्च गर्दै आएका छन् । बचतको बानी नहुँदा उनीहरूले पैसा जोगाउन सकेका छैनन् । अब भने बैंकमा पैसा राख्ने बानी गराउन सकिए कुलत न्यूनीकरणमा समेत सहयोग पुग्नेट स्थानीयको अपेक्षा रहेको बोहराले बताए ।
गाउँपालिकाले आव २०७९–८० देखि नेपाल टेलिकमको फोरजी सेवा जडान गरी इन्टरनेटको प्रयोग गर्दै आइरहेको छ । विस्तारै सडक पूर्वाधारको समेत विकास हुँदै गएकोमा अब बैंक शाखा पुग्ने हुँदा निकै खुशी भएको बोहराको भनाइ छ । ‘बैंक शाखा पुगेपछि सामाजिक सुरक्षा भत्ता, ससाना बचत जस्ता काम, परियोजनाको खर्च भुक्तानी गाउँपालिकामै गर्न सकिने हुँदा थप सहज हुन्छ,’ उनले भने ।














