धनगढी–धनगढी उपमहानगरपालिका–७ मनेहरामा अस्पताल भन्दै चर्च चलाउने लेट मेइन धनगढी र नेपाल लाइफ वर्ड मिसनले निमार्ण गरेका भवनमा उपमहानगरपालिकाले डोजर चलाइएर भत्काएको छ ।
उपमहानगरले अवैध रुपमा निमार्ण गरेका संरचनाहरुमा मंगलबार डोजर चलाएर भत्काएको हो । उपमहानगरपालिकाले मापदण्ड विपरीत बनाइएको भन्दै सो संरचना भत्काएको जनाएको छ ।
सोमवार ७ नम्बर वडा कार्यालयले लेट मेइन धनगढी प्रालि र नेपाल लाइफ वर्ड मिसनको दर्ता खारेजी गरेको थियो । लेट मेइन धनगढी प्रालिले २०८० साउन २२ गते वडा कार्यालयमा सिपमूलक तालिम तथा परामर्श सेवा सञ्चालन गर्ने प्रयोजन राखी वडा कार्यालयमा व्यवसाय दर्ता गराएको थियो ।













