धनगढी- कैलालीमा घरको छतबाट लडेर एक जना घाइते भएका छन।
जिल्लाको धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोकमा डेरा गरी बस्ने जोशीपुर गाउँपालिका– १ का ४२ वर्षीय रोहनराज चौधरी छतबाट लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उनी मादक पदार्थ सेवन गरेको अवस्थामा आफु बस्ने १ तले घरको छतबाट लडेर घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनको दाहिने कान, टाउको, आँखा र नाकमा चोट लागेको र सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेका छ।













