• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ३ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • २. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ३. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ४. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ५. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ६. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ७. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

  • ८. कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप

  • ९. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • १०. सांसद पाठकले लगाए जेई खाेप

बजेट अभाव हुँदा खानेपानी आयोजना अलपत्र

  •   मङ्गलबार, पुष ०२, २०८१ मा प्रकाशित

कञ्चनपुर । जिल्लाको शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनिमा पाँच वर्षदेखि निर्माण सञ्चालन गरिएको खानेपानी आयोजना बजेट अभाव हुँदा सम्पन्न हुन सकेको छैन । खानेपानी आयोजना निर्माण अधुरो हुँदा स्थानीय असुरक्षित हेण्डपम्पको पानी पिउने बाध्य भएका छन् ।

गर्जमुनि खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष दीपेन्द्रकुमार भण्डारीले आयोजना निर्माण गर्न खानेपानी डिभिजन कार्यालय कैलालीबाट चार वर्षअघि ३४ लाख ८१ हजार पाँच सय ८० अनुदानबापत रकम प्राप्त भएको जानकारी दिए । उनका अनुसार सो रकमबाट ठेक्का प्रक्रियामार्फत पर्खाल, पालेघर तथा बोरिङ निर्माण गर्न रु २५ लाख रकम खर्च भएको छ ।

त्यसपछिका वर्षमा आयोजनाका लागि बजेट नआउँदा निर्माण अलपत्र परेको भण्डारीले बताए । पाँच सय १५ जना उपभोक्ताबाट अक्षयकोष स्थापनाका लागि एक हजार तीन सयका दरले छ लाख ६९ हजार पाँच सय रकम सङ्कलन गरिएको उनले जानकारी दिए ।

मुद्दती खातमा राखिएको अक्षयकोषको रकम हाल सात लाख ५८ हजार पुगेको छ । “सुरुको वर्ष आयोजना निर्माणका लागि जग्गा खोज्नमा बित्यो”, समितिका अध्यक्ष भण्डारीले भने, “त्यसपछिका तीन वर्ष कोरोना महामारीले काम अगाडि बढ्न सकेन, आयोजना निर्माणका लागि आवश्यक बजेट विनियोजन नहुँदा पछिल्ला वर्ष कामले तीव्रता पाउन सकेको छैन ।”

समितिले पूर्णता नपाउँदा पनि काम प्रभावित भएको अध्यक्ष भण्डारीले बताए । उनका अनुसार आयोजनाका लागि शिवशङ्कर माध्यमिक विद्यालयको चलनभोगमा रहेको पाँचकठ्ठा जग्गा प्राप्त भएको भन्दै सोही जग्गामा आयोजनाका संरचना निर्माण भइरहेका छन् ।

पक्की पर्खाल, पालेघर र एउटा बोरिङ गाड्ने कार्य पूरा भएको जानकारी दिँदै अध्यक्ष भण्डारीले अर्को बोरिङ गाड्ने, कार्यालय भवन, ओभरहेड ट्याङ्की, पाइपलाइन विस्तार र शौचालय निर्माण गर्न बाँकी रहेको बताए ।

“निर्माण भइसेकेको पर्खाल दैविक प्रकोपका कारण क्षति पुगेको छ”, उनले भने, “बजेट अभावले मर्मत गर्न सकेका छैनौँ, आशा गरेअनुरुप कार्य अगाडि बढाउन नसकिँदा सबै उपभोक्ताबाट अक्षयकोषको रकम सङ्कलन हुन सकेको छैन, अहिले समितिलाई पूर्णता दिन लागिरहेका छौँ । बाँकी काम चाँडै अगाडि बढाउने छौँ ।”

अध्यक्ष भण्डारीका अनुसार चालु आवमा आयोजनाका बाँकी काम गर्न ४० लाख बजेट विनियोजन भएको छ । उक्त बजेटले बोरिङ गाड्ने कामबाहेक पाइपलाइन विस्तार, कार्यालय भवन र ट्याङ्की निर्माण गर्न नपुग्ने उनले उल्लेख गरे । अध्यक्ष भण्डारीले आयोजना सम्पन्न गर्न कूल नौ करोड ४६ लाख ३४ हजार छ सय ४० बजेट लाग्ने अनुमान गरिएको जानकारी दिए ।

स्थानीय उपभोक्ता एवं समाजसेवी दलबहादुर बोहराले आयोजना निर्माणका लागि उपभोक्ता र उपभोक्ता समिति जागरुक भएर लाग्नुपर्नेमा जोड दिए । “आयोजना निर्माणको थालनी भएको आधा दशक बढी भइसक्यो”, उनले भने, “जुन गतिमा काम हुनुपर्ने हो, त्यो हुन सकेको छैन । असुरक्षित आइरन र आर्सेनिकयुक्त हेण्डपम्पको पानी पिउँदा स्थानीय उपभोक्ता बिरामी हुने खतरा छ ।”

विसं २०७५ देखि काम अगाडि बढाइएको आयोजनाका लागि आवश्यक आर्थिक स्रोत उपलब्ध नहुँदा अलपत्र परेको उल्लेख गर्दै उपभोक्ता शिवी लुहारले बाँकी काम पूरा गराउन नगरपालिकाले पहलकमी लिनुपर्ने बताए ।

नगरप्रमुख रणबहादुर महराले खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका बाँकी काम पूरा गर्न आवश्यक बजेट उपलब्ध गराउन सम्बन्धित मन्त्रालयमा पत्राचार गरिसकिएको जानकारी दिए । “सङ्घीय सरकारको एकल अधिकार क्षेत्रभित्र पर्ने आयोजना भएकाले काम अगाडि बढाउन यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका सांसदसँग बजेट सुनिश्चितताका लागि आग्रह गरिएका छौँ”, उनले भने, “समितिसँग समन्वय गरी अधुरा काम पूरा गर्न पहलकदमी लिने छौँ ।”

आयोजना निर्माणका लागि खानेपानी उपभोक्ता तथा सरसफाइ समिति विसं २०७५ मा गठन भई विसं २०७६ मा जिल्ला जलस्रोत समितिबाट दर्ता प्रमाणपत्र प्राप्त भएपछि निर्माण थालिएको थियो । रासस

मङ्गलबार, पुष ०२, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप
८ वर्षदेखि अलपत्र शिवगङ्गा पुल, हरेक वर्ष अस्थायी संरचना निर्माण गर्दै उपमहानगर
रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम
धनगढी उपमहानगरपालिका-१२ मा फोहर संकलन दौड प्रतियोगिता हुने
अत्तरिया बसपार्कमा प्रहरीको चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना
अब धनगढीमा मोबाइल एपबाटै खाना अर्डर गर्न सकिने

समाचार

सबै

धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

८ वर्षदेखि अलपत्र शिवगङ्गा पुल, हरेक वर्ष अस्थायी संरचना निर्माण गर्दै उपमहानगर

रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

धनगढी उपमहानगरपालिका-१२ मा फोहर संकलन दौड प्रतियोगिता हुने

धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

८ वर्षदेखि अलपत्र शिवगङ्गा पुल, हरेक वर्ष अस्थायी संरचना निर्माण गर्दै उपमहानगर

रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

धनगढी उपमहानगरपालिका-१२ मा फोहर संकलन दौड प्रतियोगिता हुने

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ३ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • २.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ३.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ४.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ५.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ६.
    मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.