चितवन । भरतपुर महानगरपालिका-११ अमनचोक बस्ने लक्ष्मी रसाइलीले आफ्नै घरमा संचालन गरेको भुपु सैनिक लक्ष्मी सुनचाँदी पसलबाट करिब २ किलोग्राम चाँदीका गहना बिहीबार बिहान चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।













