धनगढी । मदिरा व्यवसायी संघ कैलालीको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार धनगढीमा संघको वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
वार्षिक साधारण सभामा बोल्दै मदिरा व्यवसायी महासंघका केन्द्रीय सदस्य पुष्करराज भाटले व्यवसायीको हकहितका लागि सबै एक हुनुपर्नेमा जोड दिए । उनले कुनै व्यवसायी,वितरक,कम्पनीलाई समस्या पर्दा संघ सहयोगी बन्नुपर्ने बताए । संघमा जोडिनका लागि सबैले संघमा आवद्ध भएर फर्म समयमै नवीकरण गर्नुपर्ने बताए ।

व्यवसायीका हितमा संघले काम गर्ने बताउँदै संघमा आवद्ध नभएकालाई आवद्ध हुन आग्रह गरे । साधारण सभामा संघले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको थियो ।

संघका सचिव कलम बमले सञ्चालन गरेको साधारण सभाको अध्यक्षता संघका जिल्ला अध्यक्ष प्रेमबहादुर धामीले गरेका थिए । कार्यक्रममा मदिरा व्यवसायी,वितरकलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान पनि गरिएको थियो ।















