कैलाली । नेकपा माओबादी केन्द्रले चुरे गाँउपालिकामा ३१ सदस्यीय गाँउपालिका कमिटी गठन गरेको छ । आज केन्द्रको तेस्रो गाँउपालिका सम्मेलनबाट सो कमिटी गठन गरेको हो ।
अध्यक्षमा मोहन ठाडामगर,उपाध्यक्षमा भोज बम,खेम साँउद गोपाल धामी, सचिबमा पुस्कर आचार्य, कोषाध्यक्षमा राधिका साँउद,सहसचिबमा नर बहादुर बि.क सहित ३१ सदस्यीय कमिटी गठन गरिएको माओबादी केन्द्रले निशाना न्युजलाइृ जानकारी दिएको छ ।
हर्क नेपालीको अध्यक्षतामा केन्द्रिय सदस्य एबं कैलाली जिल्ला ईन्चार्ज नेप बहादुर चौधरी( सिंहराज) को प्रमुख अतिथ्यमा सो सम्मेलन सम्पन्न भएको केन्द्रले जनाएको छ ।













