कञ्चनपुर । प्रहरीले कञ्चनपुरबाट भन्सार छ्लीका सामान बरामद गरेको छ ।
जिल्लाका विभिन्न स्थानबाट शनिबार भन्सार छ्लीका सामान गरेको हो ।
भीमदत्त नगरपालिका–११ भुजेला र बेलौरी नगरपालिका–१० भुँडा चोकबाट अवैधरुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २ लाख १५ हजार ३ सय ५० बराबरको सामान बरामद गरिएको हो ।
उक्त मूल्यका चिनी, सुटपिस, थान कपडा, टिप्परको बम्फर, हाडवेयर, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।













