धनगढी । प्रहरीले कैलालीका विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरेको छ ।
जिल्लाको धनगढी उपमहानगरपालिका–२ आदर्श चोक, भजनी नगरपालिका–५ झुठाघाट र बर्दगोरिया गाउँपालिका–२ रामुपुर भित्री सडक खण्डबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी रु १ लाख ४१ हजार ६ सय १० बराबरका सामान बरामद गरिएको हो ।
उक्त मूल्यका प्याज, बिडी, सुर्ती, सुटपिस, मोजा, जुत्ती, कट्टु लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।














