डोटी ।आगलागी बाट ५ लाखको धनमाल जलेर नष्ट भएको छ । आज दिपायल सिलगढी नगरपालिका ३ माटेओडारस्थित पशु देवी साउँदको घरमा विद्युत सर्ट भई आगलागी हुँदा खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन, फर्निचर, सुनका गरगहना तथा नगद समेत जलेर सो बराबरको धनमाल नष्ट भएको हो ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरी कार्यालयले जनाएको छ














