धनगढी । कैलालीमा अबैध काठसहित चार जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–१६ भादाको श्रीगणेश सामुदायिक वनबाट चार जना पक्राउ परेका हुन् ।
सोही ठाउँ बस्ने ३० वर्षीय अयोध्याप्रशाद चौधरी, ३० वर्षकै रामबहादुर साउँद, ४५ वर्षीय रामकुमार चौधरी र ५० वर्षीय धनीराम चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ ।
चारै जनालाई गोरू गाडामा काठ लोड गरिरहेको अवस्थामा सालको काठसहित पक्राउ गरिएको हो । ३२ क्युफिट काठ पनि बरामद गरिएको छ ।














