काठमाडौं । भक्तपुर, सूर्यविनायक नगरपालिका-२ बालकोट फिकाधारा बस्ने खोटाङ रूपाकोट मझुवागढी नगरपालिका-१ घर भएका ५६ वर्षीय कुल प्रसाद आचार्य र उनकै छोरा २२ वर्षीय प्रबिन आचार्य आ-आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
कैलाली, जानकी गाउँपालिका-७ गोलौरी बस्ने ५५ वर्षीय केशराम महतो आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
गुल्मी, ईस्मा गाउँपालिका-१ हर्पुकोट भेडाबारी बस्ने ३५ वर्षीय रमेश खत्री सोही ठाउँस्थित गोरेटो बाटोमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
सर्लाही, हरिपुर नगरपालिका-१ हजारबिगास्थित माछा पोखरीमा बरहथवा नगरपालिका-१६ गंगापुर मण्डल टोल बस्ने २१ वर्षीय पविछन मण्डल सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।














