• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

खाद्य प्रविधिले ३ महिनाको अवधिमा सार्वजनिक गरेको प्रगति विवरण

  •   मङ्गलबार, पुष ०९, २०८१ मा प्रकाशित

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी र मातहतका कार्यालयले चालु आर्थिक बर्ष २०८१।०८२ को ३ महिनाको अबधीमा सार्बजनिक गरिएको प्रस्तुतिकरणका बिषयमा बरिष्ठ खाद्य अनुसन्धान अधिकृत हरेराम प्रधानले निशाना न्युजका लागि तयार गरेको प्रगति विवरण

आर्थिक बर्ष २०८१/०८२ को पहिलो ३ महिनाको अबधिमा हामीले यस खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढी र मातहतका खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयहरु (डडेल्धुरा, डोटी र वैतडी) बाट बिभिन्न काम सम्पन्न गरेका छौ ।

१.खाद्य तथा दाना उद्योग अनुगमन, सिफारिस, अनुज्ञापत्र जारी तथा नवीकरण कार्यकम 

आ.व.२०८१।०८२ को प्रथम त्रैमासिक अवधिमा यस कार्यालयबाट २६ वटा खाद्य उद्योगको दर्ता प्रकृयाका लागि सिफारिस गरिएको, ४० वटा खाद्य उद्योगको अनुमतिपत्र सालवसाली नवीकरण गरिएको र ७ वटा खाद्य उद्योगको अनुमतिपत्र नयाँ जारी गरिएको छ । यस अवधिमा १६० पटक खाद्य उद्योग तथा दाना उद्योगको अनुगमन निरिक्षण तथा गरिएको छ ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार कुनै पनि उद्योग स्थापनाका लागि सम्बन्धित निकायवाट सिफारिस, उद्योग स्थापनाका लागि चाहिने प्राविधिक प्रस्ताव सहित निवेदन दिनुपर्ने व्यवस्था रहेको छ । नयाँ उद्योगको स्थापनाको हकमा उद्योगले यस कार्यालयमा निवेदन दिई आफ्नो उत्पादनको गुणस्तर परीक्षण र उद्योग निरीक्षण गराएपछि मात्र अनुमति पत्र पाउने व्यवस्था रहेको छ र प्रत्येक दुई वर्ष उक्त अनुमति पत्र नवीकरण गर्नुपर्ने व्यवस्था रहेको छ । उद्योगको स्थलगत अनुगमन गरी स्वच्छता मापदण्ड पुरा गरेका, उत्पादित खाद्य तथा दानाको प्रयोगशाला परिक्षण गरी गुणस्तरीय प्रतिवेदन प्राप्त भएको खण्डमा र उत्पादनको लेवलमा अनिवार्य रुपले खुलाउनुपर्ने विवरण उल्लेख गरेपछि उद्योगहरुलाई अनुमतिपत्र जारी तथा नवीकरण गरिने व्यवस्था रहेको छ । यसरी उत्पादन स्थलमा नै सुधार गरी गुणस्तरीय उत्पादनमा यस कार्यालयले टेवा पुर्याई रहेको छ ।

२. खाद्य बजार तथा होटल रेस्टुरेन्ट अनुगमन
बजारमा विकी हुने र होटल रेस्टुरेन्टमा तयार गरिने खाद्य पदार्थको स्वच्छता र गुणस्तर नियमन तर्फ आ.व.२०८१।०८२ को प्रथम त्रैमासिक अवधि तथा चाडपर्व लक्षित गरि खाद्य निरिक्षक, स्थानिय निकायको सहकार्य र संयुक्त अनुगमन टोलीबाट जम्मा ५६ पटक खाद्य बजारहरुको अनुगमन गरिएको छ भने ५१ पटक होटल रेस्टुरेन्टहरुको अनुगमन गरिएको छ । यसरी अनुगमनका क्रममा पसल तथा होटल रेस्टुरेन्टहरुलाई स्वच्छता सुधारका लागि परामर्श दिने र उपभोग्य अवधि समाप्त भएका तथा गुणस्तरहीन खाद्य वस्तु जफत गरी नष्ट गर्ने र आवश्यक कारवाही प्रकृया अघि बढाई नियमन कार्य गरी बजार तथा होटलबाट विकी हुने खाद्य वस्तुहरुको गुणस्तर सुधारमा टेवा पु¥याइएको छ ।
यसैगरी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयहरु डडेल्धुरा, डोटी र बैतडीबाट क्रमशः २८, ३० र २८ पटक खाद्य बजार अनुगमन र २६, २५ र १४ पटक होटल रेस्टुरेन्टहरुको अनुगमन गरिएको छ ।
विशेषगरी चाडपर्व लक्षित अनुगमनको क्रममा यस कार्यालय र मातहतका डिभिजन कार्यालयहरुबाट तपशील बमोजिमका अनुगमन तथा कार्वाही भएको छ ।
३. खाद्य तथा दाना नमूना संकलन
खाद्य ऐन तथा दाना ऐन अनुरुप खाद्य निरिक्षक तथा दाना निरिक्षकबाट उद्योग, बजार तथा होटल रेस्टुरेन्ट अनुगमन गर्ने क्रममा संकास्पद नमूनाहरु संकलन गरी ऐन अनुरुप कारवाही प्रकया अघि बढाउदै आएको छ । यस सन्दर्भमा चालु आ.व.को प्रथम त्रैमासिक अवधिमा यस कार्यालयबाट ६६ बटा नमूना र ३ वटा डिभिजन कार्यालयहरु (डडेल्धुरा, डोटी र बैतडीबाट कमशः २१, २० र २० खाद्य नमुनाहरु) बाट ६१ वटा नमूना गरी जम्मा १२७ वटा खाद्य नमूनाहरु संकलन गरी कारवाही प्रकृया अघि बढिरहेको छ ।

४. खाद्य तथा दाना नमूना विश्लेषण
सुदूरपश्चिम प्रदेशका विभिन्न श्रोतबाट संकलन हुन आएका खाद्य तथा दाना नमूनाहरुको विश्लेषण सेवा प्रदान गर्ने एकमात्र प्रयोगशाला यस कार्यालयमा रहेको छ । यस प्रथम त्रैमासिक अवधिमा खाद्य तथा दाना अनुज्ञापत्र जारी तथा नवीकरण, विभिन्न सेवाग्राहीबाट संकलित ५०८ वटा खाद्य तथा दाना नमूनाहरुको विश्लेषण गरिएको छ । यसैगरी यस कार्यालयले दुधमा मिसावट तथा बारम्बार तारिने तेलको गुणस्तर अनुगमन गरी ठाउँका ठाउँ परिक्षण पनि गर्ने गरेको छ ।
तपसिल
कार्यालय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीबाट अनुगमन तथा नष्ट गरिएको विवरण –जम्मा ७० वटा फर्मबाट पाउरोटी, दुनट, मिठाई सस, सुजि, चामल, मसला दुध, इत्यादी लगायतका उपभोग्य मिति सकिएको, अनुमानित खुद्रा मुल्य रु १,७१,३९२ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, डडेलधुरा डिभिजनबाट जम्मा २५९ फर्म निरिक्षण गरिएकोमा ८४ वटा फर्मबाट जफत वा नष्ट गरिएको । अनुमानित खुद्रा मुल्य रु १,०६,१४३।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, डोटी डिभिजनबाट जम्मा ५८ वटा फर्मबाट निरीक्षणका क्रममा उपभोग्य मिति नाघेका, सुजि, चिप्स, मसला, लेवल बिनाका पनीर, तितौरा, फूड कलर प्रयोग गरि पकाएको मिठाई, आदि नस्ट गरिएको । अनुमानित खुद्रा मुल्य रु २३.३५५ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, बैतडी डिभिजनबाट उपभोग्य मिति सकिएको करिव ५०० किलोग्राम बरावरका तेल घिऊ, खाद्यान्न, मासुजन्य खाद्य पदार्थहरु जफत तथा नष्ट । अनुमानित खुद्रा मुल्य रु १,१२,५४५।

५. खाद्य स्वच्छता तथा गुणस्तर तथा दाना ऐन अनुरुप कारवाही
खाद्य स्वच्छता तथा गुणस्तर तथा दाना ऐन अनुरुप संकलन गरिएका नमूनाहरुमध्ये प्रतिकुल पाइएका नमूनाहरु उपर कारवाही प्रकृया अघि बढाइएको छ । गत आ.व. देखि लगत सरि आएका जम्मा २१ वटा उद्योगी व्यवसायीहरु मध्ये १० वटालाई बयानका लागी पत्राचार गरिएको छ, १ वटा लाई जिल्ला सरकारी बकील कार्यालयवाट निर्णय निकासा लिने कार्य अघि बढिरहेको छ । यस अवधिमा अनुसन्धान प्रकृया पुरा भएका प्रतिकूल नमूना उपर खाद्य निरिक्षकबाट जिल्ला अदालतमा २ वटा र जिल्ला प्रशासन कार्यालय कैलालीमा ६ वटा गरी जम्मा ८ प्रतिकूल नमूना उपर मुद्दा दायर गरिएको छ ।

मिति २०८१।०८।१६ गते इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीले न्यूनस्तरको मह बिक्रि गरेको भन्ने सुचनाको आधारमा टिकापुर बसपार्क स्थित आँधिखोला होटल र मंगलासैन होटलबाट ९४७ किलोग्राम मह र चाकाहरु बरामद भइ हिरासतमा लिईएका भारतीय वतन भएका राधे धामी समेतका १६ जनालाइ खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढी कैलालीकी खाद्य निरीक्षण अधिकारी सृजना चौधरीले उक्त महको नमुना संकलन गरि अनुसन्धान कार्य अगाडी बढाएकोमा महको विश्लेषण प्रतिवेदन “दुषित खाद्य पदार्थ” प्रमाणित भइ आएकोमा निज १६ जना बिरुद्ध कैलाली जिल्ला अदालत, कैलालीमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम मुद्दा दायर भएको छ ।

उक्त मुद्दाको अनुसन्धान अधिकारी खाद्य अनुसन्धान अधिकृत श्री सुमन लामिछानेको अनुसार उक्त महको विश्लेषण प्रतिवेदन नेपाल सरकारद्वारा महको लागि तोकिएको अनिवार्य गुणस्तर अनुरुप नपाइएको र त्यसमा पनि फ्रुकटोज ग्लुकोज अनुपात तोकिएको अनिवार्य गुणस्तर भन्दा कम, पानीमा नघुल्ने ठोस पदार्थ तोकिएको अनिवार्य गुणस्तर भन्दा बढी र हाइड्रोक्सीमिथाइल फरफुरल ९ज्ःँ० तोकिएको अनिवार्य गुणस्तर भन्दा बढी भएकोले दुषित भएको हो ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ अनुसार दुषित खाद्य पदार्थ उत्पादन तथा बिक्रीवितरण गरेको कसुरको मुद्दा सम्बन्धित जिल्ला अदालतमा दायर गर्नु पर्ने व्यवस्था रहेको छ । अनुसन्धान अधिकारी लामिछानेले प्रतिवादीहरु राधे धामी समेतको १५ जना र परिवर्तित नाम टिकापुर–०१ बिरुद्ध दुइ वटा मुद्दा कैलाली जिल्ला अदालतमा २०८१।०९।०५ गते दायर गर्नु भएको थियो ।

साथै यस कार्यालयले आर्थिक वर्ष २०८१।८२ मा दायर गरेको ८ वटा मुद्दामा ५ वटा जिल्ला प्रशासन कार्यालय, कैलाली, १ वटा कंचनपुर जिल्ला अदालत र २ वटा कैलाली जिल्ला अदालतमा दायर गरेको छ ।

६. खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धि उजुरी तथा गुनासो सम्बोधन एवं व्यवस्थापन
यस अवधिमा यस कार्यालयमा विभिन्न माध्यमबाट प्राप्त ६ वटा खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धीका उजुरी तथा गुनासो सम्बोधन तथा व्यवस्थापन गर्ने कार्य गरिएको छ । यसै गरी डिभिजन कार्यालय बैतडीबाट ३ र डोटीवाट २ पटक उक्त कार्य सम्पन्न भएको छ ।
७. राजश्व संकलन तथा वित्तिय प्रगति
यस अवधिमा यस कार्यालयमा प्राप्त नमूनाहरुको विश्लेषण दस्तुर तथा अनुज्ञापत्र जारी, नवीकरण र सिफारिस दस्तुर वापत रु ७,९६,४१५÷– राजश्व संकलन गरिएको छ भने कार्यालयले चालु र पुँजीगत खर्च गरी जम्मा ४३ प्रतिशत वित्तिय प्रगति हासिल गरेको छ । यसै गरी डिभिजन कार्यालयहरु डडेल्धुरा, डोटी र वैतडीले क्रमशः ६७, ५५ र ७३ प्रतिशत वित्तिय प्रगति हासिल गरेको छ ।

 

मङ्गलबार, पुष ०९, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

समाचार

सबै

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.