काठमाडौं । कपिलवस्तु, शिवराज नगरपालिका-६ स्थित बिरपुर चोकमा कृष्णनगरबाट चन्द्रौटातर्फ आउँदै गरेको युपि ३२ एनआर ६२०७ नम्बरको कारको ठक्करबाट साइकलयात्री कृष्णनगर नगरपालिका-८ बहादुरगंज बस्ने ६५ वर्षीय चिनगुद मियाको बिहान मृत्यु भएको छ
। दुर्घटनामा गम्भीर घाइते भएका उनको आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटामा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तनहुँ, आँबुखैरेनी गाउँपालिका-१ आँधीखोलास्थित सडकमा पि.२-०३००(१ केएच २४४८ नम्बरको ट्रक मंगलबार बिहान दुर्घटना हुँदा ट्रक चालक उदयपुर चौदण्डी नगरपालिका-१ बस्ने ३२ वर्षीय भेषराज पराजुली र सहचालक रौतहट चन्द्रनिगाहपुर नगरपालिका(४ बस्ने २९ वर्षीय बिजय विश्वकर्माको मृत्यु भएको छ । उक्त ट्रक बा.प्र.०१-००१ य १६५९ नम्बरको स्कार्पियोमा ठक्कर खाई आँधीखोलामा खसेर दुर्घटना भएको थियो । स्कार्पियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सप्तरी, शम्भुनाथ नगरपालिका(९ बज्रहटस्थित सडकमा स।१ त ३८२६ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही नगरपालिका(९ बज्रहट बस्ने ५५ वर्षीया बच्चा देवी चौधरीको मृत्यु भएको छ ।
सोमबार दिउँसो ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।














