कैलाली । जिल्ला अदालत कैलाली र अछामको र्फैसलाले कैद सजाय संगै जरिवाना ठहर भएका फरार मानिसलाई प्रहरीले पक्राउ गरेको छ ।
उनिहरुलाई जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालय र अछामबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पकउ पर्नेमा लागू औषध मुद्दामा १ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, धनगढी १ शान्तीनगर बस्ने बर्ष २९ को बिपिन मल्ल , चेक अनादर मुद्दामा रु.१,०००।-जरिवाना तोकिएकी टिकापुर १ बस्ने नारायणी देवी खत्री रहेका छन ।
त्यस्तै जिल्ला अदालत अछामको फैसलाले काठ कटान तथा ओसारपसार मुद्दामा जरिवाना ठहर भई फरार रहेका अछाम, तुर्माखाद ६ बस्ने माङ्गली देवि जैशी – जरिवाना रकम रु. २२,४११।८७ सोही ठाउ बस्ने तारा देवि साउद – जरिवाना रकम रु.२२,४११।– हर्क बि.क.-जरिवाना रु. २२४११।७७ रकम सहित पक्राउ परेका हुन ।













