पुनर्वास । नेकपा माओबादी केन्द्रका अध्यक्ष एबं पुर्ब प्रधानमन्त्री पुस्पकमल दाहल प्रचण्डले जबसम्म सुदुरपश्चिम प्रदेशको बिकास हुदैन तब सम्म आफु राजनितिबाट बिश्राम नलिने बताएका छन ।
आज कञ्चनपुरको पुनर्वासमा सरकारले गरेको भ्रष्टाचार र बेथितिका विरुद्ध खबरदारी तथा पार्टीएकता समायोजन सभालाइ सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन ।
उनले कञ्चनपुरलाई समृद्ध बनाउने जिम्मा पनि आफनो काधमा आएको वताए । सुदुरपश्चिम क्षेत्रको भरपुर बिकासका लागी आफु जहिल्यै सकृया भएर लाग्ने उनको भनाई छ ।
मैले यो देशमा शुशासनको निम्ति भ्रष्टचारका बिरुद्धका निम्ति एउटा अभियान चलाएको थिए उनले भने यो अभियान घनिभुत रुपमा अघि बढेको देख्दा पार्टीका ठुला नेता,भुमाफिया दलाल बिचौलिया त्रसित भएको उनले बताए ।
नेकपा माओबादी नेतृत्वको सरकारले सुदुरपश्चिम प्रदेशमा रहेको गेटामेडिकल कलेज स्थापना, मिटर व्याज पडितको समस्या समाधानका लागी ऐन निर्माण, भारत र चिन भ्रमणजादा एतिहासिक महत्वका सहमति आफु प्रधानमन्त्री हँुदा भएको उनले बताए ।
सुदुरपश्चिमको बिकास नहुँदा सम्म आफु राजनितिबाट बिश्राम नलिने : प्रचण्ड
सुदुरपश्चिमको बिकास नहुँदा सम्म आफु राजनितिबाट बिश्राम नलिने : प्रचण्ड
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













