• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ३ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • २. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ३. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ४. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ५. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ६. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ७. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

  • ८. सांसद पाठकले लगाए जेई खाेप

  • ९. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • १०. कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप

भोकमरीसँग जुध्दै वृद्ध दम्पती

  •   सोमबार, पुष १५, २०८१ मा प्रकाशित

बैतडी । सडक किनारमा रहेको एउटा सानो छाप्रोमाथि फाटेका जडौरा लुगा छन् । चिसो भुइँमा यिनै टालाटुली बिछ्याएर भोकै रात काट्न विवश छन् एक अपाङ्ग वृद्ध दम्पती र छोरी । माथिको देउडाको हरफ पाटन नगरपालिका–४, जेउडेको दलित बस्तीका धने लावडको परिवारसँग ठ्याक्कै मेल खान्छ । पुसको चिसो सिरेटो र झरीले जेउडेको लेक धुम्म परेको छ । खानेपानीको धारा, बिजुली र शौचालय त परको कुरा छाप्रोभित्र छाक टार्ने अन्नको गेडो नहुँदा धने लावडको मन पनि गुम्सिएको छ । मनको बह पोख्ने आफन्त कोही छैनन् । “भाग्यले जे दियो, त्यही खानु छ,” सिस्नोमा मकैको पिठो घोलेर छाक टार्दै आएको ६९ वर्षीय वृद्ध धने लावडले भने ।

छाप्रोमा बत्ती, पानीको धारा र शौचालय छैन । अपाङ्ग श्रीमतीलाई शौच गराउन बोकेर जङ्गलतिर लैजाने पीडा पनि उनीसँग छ । लावड दम्पती आफूलाई केही भए छोरीको भविष्य के होला ? भन्ने चिन्तामा डुबेका छन् । अपाङ्ग श्रीमती र कक्षा ८ मा पढ्ने छोरीको भविष्य यिनै वृद्धको काँधमा छ । बिजुलीबत्ती नहुँदा रातबिरात छोरीलाई शौचालय जान समस्या हुने गरेको परिवारको गुनासो छ । वृद्ध दम्पती बेला बेला बिरामी भइरहन्छन् । चिसोले दम बढेपछि अस्पताल जाने खर्च नहुँदा उनीहरू आँगनमा टोलाएर बस्ने गरेका छन् ।

वडा र नगरपालिकामा पहुँच नपुग्दा सरकारले दिने जनता आवास कार्यक्रमको सूचीमा पर्न नसकेको बालिकाकी अपाङ्ग आमा रोहिणी लावडले गुनासो गरे । बिरामी दम्पतीको घरमा खाने अन्न नभएको खबर पाएपछि छिमेकी मानबहादुर चन्दले आइतबार चामल सङ्कलन गरेर सहयोग गरेका छन् । उनले वृद्धलाई स्वास्थ्य चौकी जानसमेत सहयोग पुर्‍याएका छन् । सिस्नोमा मकैको पिठो घोलेर खाँदै गरेको दृश्यले आँसु थाम्न नसकेपछि चामलको जोहो गरिदिएको चन्दले बताए ।

“भाग्यमै यस्तै लेखिएको रहेछ,” आइतबार स्वास्थ्य चौकीबाट फर्किंदै गरेका बिरामी वृद्ध धने लावडले सुस्केरा हाल्दै भने, “बाबुसाहेबले चामल ल्याइदिएपछि आज चुलो बलेको छ । छोरी र अपाङ्ग श्रीमतीले धेरै दिनपछि भात खान पाएका छन् ।” स्वास्थ्य परीक्षण गर्न स्थानीय भुमेश्वर स्वास्थ्य चौकी पुगेका धनेलाई स्वास्थ्यकर्मीले चिसोका कारण ज्वरो आएकाले न्यानोमा बस्न सुझाव दिँदै सिटामोल खान दिएका छन् । हिजोअस्ति भएको हिउँदे बर्सातले छत चुहिएकाले कोठाको भुइँ चिसो भएको धनेले पीडा सुनाए । भिजेको छाप्रोको भुइँमा सल्ली पिरोल ओछ्याएर त्यसैमाथि फाटेका पुराना कपडा ओछ्याएर रात काट्ने गरेको धनेकी अपाङ्ग श्रीमती रोहिणी लावडले बताइन् । गाेरखापत्रबाट

सोमबार, पुष १५, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप
८ वर्षदेखि अलपत्र शिवगङ्गा पुल, हरेक वर्ष अस्थायी संरचना निर्माण गर्दै उपमहानगर
रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम
धनगढी उपमहानगरपालिका-१२ मा फोहर संकलन दौड प्रतियोगिता हुने
अत्तरिया बसपार्कमा प्रहरीको चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना
अब धनगढीमा मोबाइल एपबाटै खाना अर्डर गर्न सकिने

समाचार

सबै

धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

८ वर्षदेखि अलपत्र शिवगङ्गा पुल, हरेक वर्ष अस्थायी संरचना निर्माण गर्दै उपमहानगर

रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

धनगढी उपमहानगरपालिका-१२ मा फोहर संकलन दौड प्रतियोगिता हुने

धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

८ वर्षदेखि अलपत्र शिवगङ्गा पुल, हरेक वर्ष अस्थायी संरचना निर्माण गर्दै उपमहानगर

रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

धनगढी उपमहानगरपालिका-१२ मा फोहर संकलन दौड प्रतियोगिता हुने

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ३ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • २.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ३.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ४.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ५.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ६.
    मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.