धनगढी । धनगढीको खुल्लामञ्चमा भुवा शुरु भएको छ । धनगढीमा बाजुरेली सेवा समाजले भुवा पर्व शुरु गरेको हो । बुधबार सम्म सो भुवा खेलीने जनाएको छ ।
त्यस्तैसुदूरपश्चिममा पनि आजदेखि भुवा पर्व सुरु भएको छ । ऐतिहासिक महत्त्व रहेको भुवा पर्व प्रदेशको पहाडी जिल्लामा सुरु भएको हो । पुसे औँसीको अघिल्लो मध्यरातबाट सुरु हुने भुवा महाभारतको पाण्डव र कौरवबिचको युद्धदेखि यो पर्व आरम्भ भएको जनविश्वास रहदै आएको छ ।
हाल लोपोन्मुख अवस्थामा रहेको भुवा पर्वको ऐतिहासिक, सांस्कृतिक महत्त्व रहेको छ । यो प्राचीनकालीन युद्धको भाका पनि हो । जसमा कौशलताको प्रदर्शनी गरिन्छ । जसको आफ्नै मौलिक विशेषता रहेको छ ।














