धनगढी । कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–७ मनेहराबाट धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोल बस्ने २५ वर्षीय नितेश ओली ५० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
त्यस्तै, धनगढी उपमहानगरपालिका–१० घुइयाघाटबाट सोही ठाउँ बस्ने १५ वर्षीय किशोर १ ग्राम ४३० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेको जनाइएको छ ।
दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोमवार नियन्त्रणमा लिइ थप अनुसन्धान गरिहेको प्रहरीले जनाएको छ।













